Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बाँध खोलेका कारण बाढीको सङ्कट आएको पश्चिम बङ्गालका मुख्यमन्त्रीको भनाइ

खबरडबली संवाददाता

कलकत्ता । पूर्वी भारतमा २६ जनाको मृत्यु भएको र दुई लाख ५० हजारभन्दा बढी विस्थापित भएपछि पश्चिम बङ्गालका शीर्ष राजनीतिज्ञले बाँध खोलेका कारण बाढी र बाढीजन्य सङ्कट आएको छिमेकी राज्यका अधिकारीलाई शुक्रबार आरोप लगाएका छन् । 

पश्चिम बङ्गाल राज्यमा डुङ्गामा सवार उद्धारकर्ताहरूले मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याइरहेको र एउटा गाउँको सरकारी अस्पताल पूर्ण रूपमा जलमग्न भएको टेलिभिजनमा देखाइएको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस साता २६ जनाको मृत्यु भएको र अन्य दुई लाख ५० हजार मानिस आफ्नो घर छोडेर शरण लिन बाध्य भएको बताएकी छिन् ।

उनले छिमेकी राज्य झारखण्डका अधिकारीले अनावश्यक रूपमा बाँधको गेटहरू खोलेर पानी छोडेको र आफ्नो राज्य डुबानमा परेको आरोप लगाएकी छिन । “बाढी मानवनिर्मित हो”, उनले भनिन्, “त्यसको प्रतिक्रियास्वरूप तीन दिनका लागि झारखण्डसँगको सीमा बन्द गर्न आदेश दिएको छु ।” झारखण्डको सत्तारुढ गठबन्धनका सदस्य सुप्रियो भट्टाचार्यले एएफपीसँग कुरा गर्दै आफ्नो राज्यसँग बाँधमाथिको दबाब कम गर्नुको विकल्प नभएको बताए । 

उनले भने, “पानी रोक्दा बाँधमा क्षति पुग्न सक्थ्यो र दुवै राज्यमा ठूलो बाढी आउन सक्थ्यो । त्यसैले बाँध खोलिएको हो । हाम्रो सरकारले स्वाभाविक रूपमा झारखण्डका जनताको हितको रक्षा गर्नेछ ।” दामोदर नदीको किनारमा बाँधहरूको व्यवस्थापन गर्ने दामोदर भ्याली कर्पोरेसन (डीभीसी) ले वर्षा कम भएपछि शुक्रबार पानी छोड्न ‘कमी’ गरेको बताएको छ ।

पश्चिम बङ्गालमा रेल कर्मचारी प्रदीप मैतीले बाढीपछि आफ्नो गाउँ घटालका अधिकांश मानिसहरू राहत शिविरमा आश्रय लिएको बताए । उनले एएफपीसँग भने, “अहिले गाउँमा डुङ्गा नै यातायातको एक मात्र माध्यम बनेको छ ।” आँधी र अत्यधिक वर्षाले भारतमा हरेक वर्ष व्यापक विनाश निम्त्याउने गरेको भएपनि विज्ञहरूका अनुसार जलवायु परिवर्तनले मौसमको ढाँचामा परिवर्तन ल्याउँदैछ र चरम मौसमी घटनाहरूको सङ्ख्या बढाइरहेको छ। 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

विभिन्न चारजना सचिवहरूको सरुवा

काठमाडाैं । सरकारले विभिन्न चारजना सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवाको निर्णय गरेको हो ।  निर्णयअनुसार ज...

सडक निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीय मारमा

बाँके । बाँकेको पश्चिम सिमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्ड कालोपत्रे गर्ने योजना निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीयले ...

ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई

साङ्घाई । पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनियाँ सहर साङ्घाईका सडक र छिमेकमा शुक्रबार ब...

अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग

वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा लेचर काउन्टीका शेरिफलाई बिहीबार हत्याको अभियोग ...

सङ्कट बढ्दै र द्वन्द्वहरू तीव्र हुँदै गर्दा विश्व नेताहरू संयुक्त राष्ट्रसङ्घमा भेला हुँदै

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको न्युयोर्क मुख्यालयमा आइतबारदेखि सुरु हुने सङ्गठनको वार्षिक प्रतिष्ठित सम्मेलनमा भाग लिन विश्वका नेताहरू भेला हुँदैछन् ...

एडिबीद्वारा भारतको जल संरक्षणका लागि सहयोग स्वीकृत

मनिला । जलस्रोत व्यवस्थापन, पानीमा पहुँच तथा जलवायु परिवर्तनका प्रभावलाई सुधार गर्न एसियाली विकास बैङ्क (एडीबी) ले भारतका लागि शुक्रबार ५० मिलियन अमेर...

उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा

सोल । दक्षिण कोरियामा अभूतपूर्व उष्ण लहरले बन्दागोभीको मूल्य बढाएको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । बन्दागोभी दक्षिण कोरियाको लोकप्रिय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy