Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

साताभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

खबरडबली संवाददाता

काठमाडौं । जल तथा मौसमविज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो । 

“साताको मध्य र अन्त्यमा देशका तराई भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साताको सुरूमा देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना छ,” महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “देशका अधिकांश स्थानमा साताको अन्त्यमा तापक्रम घट्ने सम्भावना छ ।”

महाशाखाको मौसमविद् प्रतिमा मानन्धरले आगामी आइतबारसम्म मुलुकको विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसपछि सुधार हुँदै जाने बताइन । कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेतिर धान पाकिसकेकाले ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताए । “त्यस क्षेत्रतिर जेठ मध्यबाट रोपाइँ सुरु हुन्छ, अब धान थन्क्याउने बेला भइसक्यो,” उनले भने, “अहिलेको वर्षाले धान झर्ने, पाकेको बाली समयमा थन्क्याउन नपाएमा उत्पादन घट्ने समस्या हुनसक्छ ।”

उनले यसवर्ष मनसुन सुखद रहँदा धान उत्पादन पाँचदेखि सात प्रतिशतसम्म बढ्नसक्ने बताए । “यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ, यस कारण उत्पादन करिब डेढ लाख मेट्रिकटनसम्म हुने अपेक्षा छ,” उनले भने, “तर धान भित्र्याउने बेलामा मौसमले साथ दिनुपर्छ ।”

कृषि मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा धानको कुल उत्पादन अघिल्लो आवभन्दा चार दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको थियो । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढी हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

विभिन्न चारजना सचिवहरूको सरुवा

काठमाडाैं । सरकारले विभिन्न चारजना सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवाको निर्णय गरेको हो ।  निर्णयअनुसार ज...

सडक निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीय मारमा

बाँके । बाँकेको पश्चिम सिमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्ड कालोपत्रे गर्ने योजना निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीयले ...

ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई

साङ्घाई । पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनियाँ सहर साङ्घाईका सडक र छिमेकमा शुक्रबार ब...

अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग

वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा लेचर काउन्टीका शेरिफलाई बिहीबार हत्याको अभियोग ...

सङ्कट बढ्दै र द्वन्द्वहरू तीव्र हुँदै गर्दा विश्व नेताहरू संयुक्त राष्ट्रसङ्घमा भेला हुँदै

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको न्युयोर्क मुख्यालयमा आइतबारदेखि सुरु हुने सङ्गठनको वार्षिक प्रतिष्ठित सम्मेलनमा भाग लिन विश्वका नेताहरू भेला हुँदैछन् ...

एडिबीद्वारा भारतको जल संरक्षणका लागि सहयोग स्वीकृत

मनिला । जलस्रोत व्यवस्थापन, पानीमा पहुँच तथा जलवायु परिवर्तनका प्रभावलाई सुधार गर्न एसियाली विकास बैङ्क (एडीबी) ले भारतका लागि शुक्रबार ५० मिलियन अमेर...

उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा

सोल । दक्षिण कोरियामा अभूतपूर्व उष्ण लहरले बन्दागोभीको मूल्य बढाएको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । बन्दागोभी दक्षिण कोरियाको लोकप्रिय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy