सोल । दक्षिण कोरियामा अभूतपूर्व उष्ण लहरले बन्दागोभीको मूल्य बढाएको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । बन्दागोभी दक्षिण कोरियाको लोकप्रिय राष्ट्रिय परिकार किम्चीका लागि प्रयोग हुने तरकारी हो । यसको मूल्य बर्सेनि करिब ७० प्रतिशतले बढेको छ ।
बिहीबार एउटा गोभीको मूल्य नौ हजार तीन सय ३७ वन (सात दशमलव शून्य दुई अमेरिकी डलर) पुगेको छ । यो एक वर्ष अगाडिको तुलनामा ६९ दशमलव एक प्रतिशतले बढेको सरकारी स्वामित्वको कोरिया एग्रो–फिशरीज एन्ड फुड ट्रेड कर्पोरेशनले जनाएको छ । बन्दागोभी किम्चीको मुख्य सामग्री हो । किम्ची देशको प्रसिद्ध परिकार हो र यसलाई धेरै कोरियालीले प्रत्येक दिन खान्छन् ।
विशेषज्ञहरूका अनुसार गर्मीमा तापक्रम बढेकाले विशेषगरी चिसो जलवायुमा राम्रोसँग उत्पादन हुने उच्च पहाडी क्षेत्रको बन्दागोभीको आपूर्तिमा अस्थिरता आएको छ । “यसबाहेक जलवायु परिवर्तनले माटोका रोगहरूको प्रकोपको ढाँचामा परिवर्तन गरेको छ”, नेसनल इन्स्टिच्युट अफ क्रप साइन्सका भाइरसविज्ञ ली यङ–ग्युले भने, “उदाहरणका लागि माटोमा फैलिएको फङ्गल रोगले जरा सड्दछ र बन्दागोभीमा मुर्झाउँछ, यो रोग फैलिरहेको छ ।”
लीका अनुसार अत्यधिक गर्मीका कारण बिरुवाहरू पनि मर्न थालेका वा चर्को घामले ओइलाएका छन् । यसै महिना दक्षिण कोरियाको ग्रामीण विकास प्रशासनले उच्च पहाडी बन्दागोभीको आपूर्ति अस्थिरतालाई समाधान गर्न समर्पित अनुसन्धान संस्था स्थापना गरेको छ । संस्थाले जलवायु परिवर्तनको समाधानका लागि कुनै उपाय नलिइए सन् २०९० सम्म गृष्मकालीन बन्दागोभी खेतीका लागि उपयुक्त क्षेत्रहरू हराउने सक्ने चेतावनी दिएको छ ।
मौसम सेवा एजेन्सीले यसै महिनाको सुरुमा यस वर्ष दक्षिण कोरियाले आधा शताब्दीको इतिहासमा सबैभन्दा उच्च औसत गर्मीको तापक्रम अनुभव गरेको बताएको थियो । यो ऐतिहासिक औसतभन्दा लगभग दुई डिग्री सेल्सियसले उच्च छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: