Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

सङ्कट बढ्दै र द्वन्द्वहरू तीव्र हुँदै गर्दा विश्व नेताहरू संयुक्त राष्ट्रसङ्घमा भेला हुँदै

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको न्युयोर्क मुख्यालयमा आइतबारदेखि सुरु हुने सङ्गठनको वार्षिक प्रतिष्ठित सम्मेलनमा भाग लिन विश्वका नेताहरू भेला हुँदैछन् । सम्मेलन तीव्र युद्ध, बढ्दो लोकप्रियवाद र कूटनीतिक गतिरोधको विस्फोटक पृष्ठभूमिमा हुँदैछ । 

गाजामा जारी युद्ध, मध्यपूर्वमा चर्किएको बढ्दो तनाव, सुडानको गृहयुद्धमा भोकमरीको अवस्था र युक्रेनमा जारी द्वन्द्वजस्ता समस्याहरू राष्ट्रसङ्घको मुख्य कार्यक्रम महासभाको उच्चस्तरीय सातामा भाग लिने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यसूचीमा परेका छन् । यद्यपि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यस साता विश्व ‘तेस्रो विश्वयुद्धलाई पन्छाउन सक्षम हुने’ मा जोड दिए । “हामीले जे देखिरहेका छौँ त्यो द्वन्द्व र दण्डहीनताको भावनामा वृद्धि हो”, उनले एक ब्रिफिङमा भने । 

“यो सम्मेलन यो भन्दा अझ महत्त्वपूर्ण र चुनौतीपूर्ण क्षणमा आउन सक्दैनथ्यो”, वासिङ्टनकी राष्ट्रसङ्घीय राजदूत थोमस–ग्रिनफिल्डले भने, “ध्यान र कारबाहीको माग गर्ने सङ्कट र द्वन्द्वका सूची बढ्दै जाने मात्र देखिन्छ तर हामी त्यसो गर्न सक्षम छैनौँ ।” कूटनीतिको विश्वकप भनिने यो भव्य सम्मेलनले विश्वभर द्वन्द्व र गरिबीमा फसेका लाखौँ मानिसका लागि के हासिल गर्न सक्छ भन्ने स्पष्ट छैन । इजरायलका नेता बेन्जामिन नेतान्याहू, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र इरानका नयाँ राष्ट्रपति मसुद पेजेश्कियान उपस्थित हुने भएकाले ‘नेताहरूले के भन्दैछन् भन्ने कुरामा गाजा स्पष्टतः यी द्वन्द्वमध्ये सबैभन्दा प्रमुख हुने’ इन्टरनेसल क्राइसिस ग्रुपका रिचार्ड गोवनले बताए ।

उनले तय गरिएको कूटनीतिक भाषण र मुद्राले ‘वास्तवमा धरातलीय स्तरमा हुने घटनाहरूमा ठूलो फरक नपार्ने’ बताए । गाजामा युद्ध अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो । उक्त आक्रमणमा आधिकारिक इजरायली आँकडाहरूमा आधारित एएफपी गणनाअनुसार एक हजार दुई सयभन्दा बढी मानिसको मृत्यु भयो । हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयता गाजामा इजरायली सैन्य अभियानमा ४१ हजार दुई सय ७२ भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई विश्वसनीय मानेको छ । 

द्वन्द्व लेबनानमा फैलिन सक्ने डर उच्च छ । लेबनानमा यस हप्ता हिजबुल्लाहका सञ्चार लक्षित गरेको देखिने शृङ्खलाबद्ध घातक विस्फोटहरू भए । इजरायलले यसबारे अहिलेसम्म टिप्पणी गरेको छैन । न्युयोर्कमा कार्यक्रम आइतबारदेखि ‘भविष्यको शिखर सम्मेलन’ सँगै सुरु हुनेछ । यो आगामी वर्षहरूमा विश्वले सामना गर्ने चुनौतीहरूको अग्रिम सम्बोधन गर्ने महासचिव गुटेरेसको प्रमुख प्रयास हो । 

अहिले नै युद्ध समाधान गरौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका नेताहरू भविष्यमा सबैभन्दा जरुरी मुद्दाहरूको सामना गर्ने तरिकामा सम्झौता अपनाउन उपस्थित हुनेछन् । गहन वार्ता र गुटेरेसले नेताहरूलाई ‘साहस’ देखाउन आह्वान गरेपनि मस्यौदा पाठलाई पर्यवेक्षकहरूले महत्त्वाकांक्षाको कमी भएको भन्दै आलोचना गरेका छन् । “जोखिमहरूमध्ये एक र यो जोखिमभन्दा बढी छ कि भविष्यको शिखर सम्मेलन विगतको शिखर सम्मेलन जस्तो देखिन सक्छ, र सबैभन्दा राम्रो अवस्थामा वर्तमानको शिखर सम्मेलन जस्तो देखिन सक्छ”, अर्का एक कूटनीतिज्ञले भने । 

“अन्तर्राष्ट्रिय चुनौतीहरू तिनलाई समाधान गर्ने हाम्रो क्षमताभन्दा द्रुत गतिमा अघि बढिरहेका छन्”, गुटेरेसले शिखर सम्मेलनको मूल्यप्रति जोड दिँदै भने, “हामी नियन्त्रणबाहिर भू–राजनीतिक विभाजन र अनियन्त्रित द्वन्द्वहरू देख्छौँ । विशेषगरी युक्रेन, गाजा, सुडान र अन्यत्र, अनियन्त्रित जलवायु परिवर्तन, अनियन्त्रित असमानताहरू… र हाम्रा संस्थाहरू साँच्चै नै यसको गतिसँग मिल्न सक्दैनन् ।”

अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) का राष्ट्रसङ्घीय प्रतिनिधि लेटिसिया कुर्टोइसले द्वन्द्वलाई ‘अहिले नै’ समाधान गर्नु महत्त्वपूर्ण छ, ‘अर्को पुस्ताका लागि उद्देश्य’ का रूपमा होइन भने । शिखर सम्मेलनपछि राष्ट्रसङ्घका एक सय ९३ सदस्यले एक अर्कालाई सम्बोधन गर्ने उच्चस्तरीय हप्ता हुनेछ र यो ब्राजिलबाट सुरु हुनेछ । त्यसपछि संयुक्त राज्य अमेरिका आउनेछ । सम्भवतः गाजामा युद्धविराम वार्तालगायतका विषयहरूमा राष्ट्रपति जो बाइडेनले सम्बोधन गर्ने अपेक्षा गरिएको छ । 

विगत वर्षहरूमा जस्तै चीन र रुसका नेताहरू अनुपस्थित रहनेछन्, तर बेलायतका केइर स्टार्मर, युक्रेनका भोलोदिमर जेलेन्स्की र ब्राजिलका लुइज इनासियो लुला डा सिल्भा उपस्थित हुनेछन् । जेलेन्स्की सन् २०२३ मा आकर्षणको केन्द्र थिए तर एक कूटनीतिज्ञका अनुसार उनले आफ्नो ‘विजयको योजना’ प्रस्तुत गर्दा यस वर्ष चर्चामा रहन सङ्घर्ष गर्नुपर्नेछ । 

भव्य कार्यक्रमअघि संयुक्त राष्ट्रसङ्घको नदी किनारमा रहेको मुख्यालय वरिपरि सुरक्षाको फलामे घेरा खडा गरिँदै थियो र स्थानीय बासिन्दा र व्यवसायहरू अन्तहीन भीआईपी मोटरकेडहरू र सडक बन्दका कारण हुने ट्राफिक अवरोधको लागि तयार हुँदै थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE