Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बिपी राजमार्गले रोड कनेक्टिभिटी बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने: सभापति देउवा

खबरडबली संवाददाता

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–६ जरणडाँडामा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सालिक (प्रतिमा) स्थापना गरिएको छ । शनिबार एक कार्यक्रमकाबिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरे । 

काठमाडौंलाई तराईका जिल्लाहरुसँग जोड्ने छोटो दूरीको राजमार्गको रुपमा रहेको बिपी राजमार्गको प्रस्थान बिन्दु रहेको धुलिखेलमा करिब नौ वर्ष पहिले तत्कालीन पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले बिपीको प्रतिमाको शिलान्यास गरेका थिए । 

नौ वर्षपहिले बिपी कोइरालाको सालिक निर्माण सुरु गरिए पनि तत्कालीन जिल्ला पार्टी नेतृत्वका कारण सालिक निर्माणमा ढिलाई भएको बिपी कोइराला प्रतिमा निर्माण मुल समितिका संयोजक जीतकृष्ण श्रेष्ठले जानकारी दिए । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहयोगमा करिब १५ लाख रुपियाँको लागतमा बिपीको प्रतिमा निर्माण गरिएको बताए । 

वि.सं. २०१६ सालमा तराई र पूर्वी जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको राजमार्गको रुपमा बिपीले अहिलेको बिपी राजमार्गको परिकल्पना गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले बिपी राजमार्गले रोड कनेक्टिभिटी बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

उनले बिपी राजमार्गमा बिपीको सालिक निर्माण हुनु कांग्रेस र आम नेपालीका लागि गर्वको विषय भएको बताए । उनले इतिहास भजाएर देश विकास नहुने भन्दै जनताको समस्या पहिचान गरेर काम गर्न सरकार र पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरे । कार्यक्रममा कांग्रेस नेता तथा विपी पुत्र डा. सशाङक कोइरालाले शिक्षा, बाटो, सञ्चारको विकास कांग्रेसको विचार र नेतृत्वबाट मात्रै भएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन: संयुक्त राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।  इरान समर्थित ह...

अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपालका विवेक दोस्रो

काठमाडौं । नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो भएका छन् ...

विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौं । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नार...

मोरङका अस्पतालमा रगतको अभाव

बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरा...

कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने: सभापति देउवा

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।  ...

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोल अन्तरले ...

साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ...

कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गरेका छन् । न...

जेबी ट्रान्सपोर्टमा राजश्व अनुसन्धान कार्यालय इटहरीकाे छापा

माेरङ । विराटनगर महानगरपालिका सात घुम्ती मोडमा रहेको जेबी ट्रान्सपोर्टमा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । महानगरपालिका ७ स्थित ट्रान्...

दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ

काठमाडौं । भारतको राजधानी दिल्ली राज्यमा नयाँ सरकार बनेको छ । अरविन्द केजरीवालको राजीनामापछि आम आदमी पार्टीले नेतृत्व परिवर्तन गरेको छ ।  केजरीवाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy