एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो प्रतिष्पर्धी वर्तमान उपराष्ट्रपति कमला ह्यारिससँगको दोस्रो प्रत्यक्ष बैठकको प्रस्ताव अस्वीकार गरेका छन् ।
उनले केही राज्यहरूमा पहिले नै प्रारम्भिक मतदान भइरहेको हुनाले बहसका लागि ‘धेरै ढिलो’ भइसकेको बताएका हुन् ।
ट्रम्पले प्रस्ताव अस्विकार गरेको अघिल्लो दिन ह्यारिसले अक्टोबर २३ को बहसका लागि प्रसारणकर्ता सिएनएनको निमन्त्रणा स्वीकार गरेको बताएको थियो । यदि बहस भएमा सेप्टेम्बर १० मा भएको प्रत्यक्ष बहसपछि दुई प्रतिष्पर्धी उम्मेद्वारबीचको यो दोस्रो बहस हुनेछ ।
“अमेरिकी जनतासँग उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पको अर्को बहस हेर्न पाउने अधिकार छ,” ह्यारिसको चुनावी अभियानका अध्यक्ष जेन ओमाले डिलनले एक विज्ञप्तिमा भने । “मलाई आशा छ ट्रम्प मसँग बहसमा सामेल हुन तयार हुनुहुनेछ,” ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए ।
उत्तरी क्यारोलिनाको एक चुनावी र्यालीमा ट्रम्पले आफू बहसका लागि इच्छुक रहेको तर केही राज्यहरूमा प्रारम्भिक मतदान सुरु भइसकेकाले धेरै ढिला भइसकेको बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ८ गते, २०८१ - २०:४८
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा भाैतिक याेजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रमम...
मंसिर ८ गते, २०८१ - २०:३८
सर्लाही । सर्लाहीको बागमती नगरपालिका-११ स्थित महेन्द्र जनता मावि नजिक पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएकाे छ । आज साँ...
मंसिर ८ गते, २०८१ - २०:११
जनकपुर । मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा ...
मंसिर ८ गते, २०८१ - २०:०५
कास्की । बालिकालाई बन्धक बनाइ यौन धन्दामा लगाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखराको लेकसाइडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिष...
मंसिर ८ गते, २०८१ - १९:४३
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गर...
मंसिर ८ गते, २०८१ - १९:३६
काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निका...
मंसिर ८ गते, २०८१ - १९:२१
काठमाडौं । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा ...
मंसिर ८ गते, २०८१ - १९:१३
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र ज...
मंसिर ८ गते, २०८१ - १८:५५
काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा आज (शनिबार) मात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको ...
मंसिर ८ गते, २०८१ - १८:५०
गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५...
प्रतिकृया लेख्नुहोस्: