Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

अलाबामामा गोली चल्दा चार जनाको मृत्यु, दर्जनौँ घाइते

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राज्य अलाबामामा एक सशस्त्र समूहले भीडमा गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्रहरीले शनिबार जनाएको छ । 

“बर्मिङगमको फाइभ पोइन्ट्स साउथ जिल्लामा राति ११ः०० बजेपछि बन्दुकधारीले मानिसहरूको भीडमा गोली प्रहार गरेका हुन्,” प्रहरी अधिकारी ट्रुम्यान फिट्जजेराल्डले स्थानीय सञ्चारमाध्यमलाई बताए । सुरक्षा अधिकारीहरूले दुई वयस्क पुरुष र एक वयस्क महिला गोली लागी फुटपाथमा लडेको फेला पारेको फिट्जगेराल्डले बताए । तिनै जनालाई घटनास्थलमा नै मृत घोषित गरिएको थियो भने घटनामा घाइते भएका चौथो व्यक्तिको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको उनले बताए । 

घटनामा दर्जनौँ मानिसहरू घाइते भएको फिट्जगेराल्डले बताए । “प्रहरीले उक्त घटनासँग सम्बन्धित कसैलाई हिरासतमा लिएको छैन,” प्रत्यक्षदर्शी नागरिकलाई अनुसन्धानमा मद्दत गर्न सक्ने कुनै पनि जानकारी प्रदान गर्न आग्रह गर्दै उनले भने । सङ्घीय अनुसन्धान विभाग र मादक पदार्थ, सुर्ती, बन्दूक र विष्फोटक पदार्थ नियन्त्रण विभागसहित धेरै विभागहरू अनुसन्धानमा खटिएका छन् । शनिबार राति घटनास्थलमा अग्नि नियन्त्रण अधिकारीको एक टोली त्यहाँ पुगेको थियो र त्यस क्षेत्रलाई घेराबन्दी गरिएको थियो । 

‘गन भायोलेन्स आर्काइभ ‘(जीवीए)’ का अनुसार यस वर्ष अमेरिकाभरि कम्तिमा ४०३ वटा सामूहिक बन्दूक आक्रमणका घटना भएका थिए । अमेरिकामा यस वर्ष बन्दुक आक्रमणमा कम्तीमा १२ हजार ४१६ जनाको मृत्यु भएको जीवीएले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा सुकुम्बासीलाई ऐलानी जग्गाको निस्सा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा भूमिहीन किसान तथा सुकुम्बासीलाई ऐलानी जग्गा उपभोग गरेको निस्सा उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नम्बर–६ स्थित...

नेपाल पुलिस बन्याे सेन्ट्रल एसियन भलिबल एसोसिएसन च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।  फा...

खाेटाङमा गुम्बा निर्माण ६ वर्षदेखि अलपत्र

खोटाङ । खोटाङमा २१ करोडको लागतमा सुरु गरिएको गुम्बा ६ वर्षदेखि अलपत्र छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको...

पाथीभरामा अठार लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो दुई महिना अवधिमा १८ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत...

फिल्म ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक

काठमाडौं । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिए...

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित, पूर्वाधार थपिँदै

मुस्ताङ । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् ।...

धुँवामुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत ग्यास सिलिन्डर र चुल्हो वितरण

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकावासीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । धुँवामुक्त क्षेत्र बनाउने अभियानको सुरुवात गरेको...

‘सुरक्षित भविष्यका लागि शिखर सम्मेलन’का लागि विश्वका नेताहरु न्यूयोर्कमा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१औं शताब्दीका चुनौतिहरूलाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरेको ‘सुरक्षित भविष्यका लागि शि...

क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा गोरखा आरूघाट गाउँपालिका-१० घर भई हाल काठमाडौं गोकर्ण...

इरानी खानी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

तेहरान । इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको इरानको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy