Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

खबरडबली संवाददाता

जेरुसेलम । लेबनानबाट उत्तरी इजरायलतर्फ लेबनानी हिजबुल्लाह समूहले रकेटमार्फत् आक्रमण गरेपछि आइतबार दुबैतर्फका लाखौं मानिसले शरण लिएको संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् । 

गाजा पट्टीमा इजरायल र प्यालेस्टाइनी हमास लडाकूबीच युद्ध सुरु भएपछि सुरु भएको करिब एक वर्षको सीमापार गोलाबारीपछि इजरायलले इरान समर्थित हिजबुल्लाहतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने सङ्केत गरेको छ । सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल डानियल हागारीले शनिबार राति दक्षिणी लेबनानमा रहेको हिजबुल्लाहका लक्ष्यमा दर्जनौं इजरायली लडाकू विमानले व्यापक आक्रमण गरेको बताएका थिए । 

विश्लेषकहरूका अनुसार सहयोगी हमासको समर्थनमा काम गरिरहेको बताउने हिजबुल्लाहलाई यो साता गम्भीर धक्का लागेको छ । इजरायली पक्षबाट भएका घातक आक्रमणहरूले हिजबुल्लाहको सञ्चारलाई लक्षित गरेको थियो र यसको कुलीन एकाइको नेतृत्वमा रहेका दुई नेताको मृत्युसमेत भएको विश्लेषकहरू बताएका छन् । इजरायलले शुक्रबार गरेको हवाई आक्रमणमा हिजबुल्लाहको विशिष्ट युनिटका प्रमुख इब्राहिम अकीलको मृत्यु भएको थियो उनको अन्त्येष्टि आइतबार बेरुतमा हुने अपेक्षा गरिएको छ । 

लेबनानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक जेनिन हेनिस–प्लास्चर्टले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “यो क्षेत्र आसन्न विपत्तिको सङ्घारमा रहेको अवस्थामा यसलाई अतिरञ्जित गर्न सकिंदैन ।” दक्षिण बेरुतस्थित हिजबुल्लाहको घना बस्ती रहेको क्षेत्रमा शुक्रबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार फेरि बढेर ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले आइतबार बिहान लेबनानबाट १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । 

सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल नादाव शोशानीले एएफपीसँग भने, “तनावका कारण उत्तरी इजरायलमा लाखौं मानिसहरूले आश्रयस्थलमा शरण लिनुपरेको छ ।” सेनाले हिजबुल्लाहको रकेट प्रहारको जवाफमा दक्षिणी लेबनानस्थित हिजबुल्लाहको प्रभावक्षेत्रमा आक्रमण गरेको र हिजबुल्लाहबाट ‘ठूलो आकारको आक्रमण हुन नदिन’ यसो गरिएको शोशानीले बताए । इजरायलको उद्धार सेवाले हाइफा शहर नजिकै कम्तीमा चार जना घाइते भएको जनाएको छ । रकेट प्रहारपछि इजरायलको नागरिक सुरक्षा निकायले देशको उत्तरी क्षेत्रका सबै विद्यालय बन्द गर्न आदेश दिएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयले आइतबार सीमा नजिकै इजरायली आक्रमणमा परी एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाएको छ । हिजबुल्लाहले मङ्गलबार र बुधबार ३९ जनाको मृत्यु भएको र करिब तीन हजार घाइते भएको आक्रमणको बदलामा इजरायली सैन्य उत्पादन केन्द्र र हाइफा क्षेत्रमा रहेको हवाई अड्डालाई निशाना बनाएको जनाएको छ । इजरायलले सञ्चार उपकरण विस्फोट गराई हिजबुल्लाहविरूद्ध आक्रमण गरेको लेवनानी पक्षले दावी गरेको छ । 

पेजर र दुईतर्फी रेडियोको विस्फोटको प्रारम्भिक प्रतिक्रियामा हिजबुल्लाहले उत्तरी इजरायलमा रहेको राफेल सैन्य उद्योग परिसरमा ‘दर्जनौं’ रकेट प्रहार गरेको समूहले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले लेबनानमा रहेका अमेरिकीहरूलाई देश छोड्न आग्रह गरेको छ । जोर्डनले पनि आइतबार आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । शनिबार इजरायली सेनाले जारी गरेको वक्तव्यमा इजरायली विमानले दक्षिणी लेबनानबाट प्रहार गर्न तयार रहेका हजारौं रकेट लञ्चरमाथि प्रहार गरेको उल्लेख गरिएको छ भने हिजबुल्लाहले उत्तरी इजरायल र इजरायलले बस्ती विस्तार गरेको गोलान हाइट्समा रहेका कम्तीमा सात वटा सैन्य अखडालाई रकेटप्रहार गरेको जनाएको छ । 

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले बेरूतको दक्षिणी उपनगरमा रहेको भूमिगत बैठक कक्षमा शुक्रबार भएको आक्रमणमा तीन बालबालिका र सात महिलाको मृत्यु भएको बताएका छन् । इजरायलले रादवान फोर्सका प्रमुख अकिल र अन्य केही कमाण्डरको हत्या भएको बताएको छ । कुलीन रदवान फोर्सले हिजबुल्लाहको जमीनी अभियानको नेतृत्व गरेको छ र इजरायललाई उसका लडाकुहरूलाई सीमाबाट पछाडि धकेल्न बारम्बार आग्रह गर्दै आएको छ । 

हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले सञ्चार उपकरणमा भएको आक्रमण ‘अकल्पनीय’ प्रहार भएको स्वीकार गर्दै विस्फोटबारे कुनै टिप्पणी नगरेको इजरायलले प्रतिशोधको सामना गर्नुपर्ने बताएका छन् । लेबनानमा महिनौँसम्म दैनिक हुने आक्रमण र प्रत्याक्रमणका कारण सयौं लडाकू, इजरायल र कब्जा गरिएका गोलान हाइट्सका दर्जनौं व्यक्तिको मृत्यु भएको छ । यसपछि उक्त क्षेत्रमा दुवै पक्षका दशौं हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE