Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

खबरडबली संवाददाता

जेरुसेलम । लेबनानबाट उत्तरी इजरायलतर्फ लेबनानी हिजबुल्लाह समूहले रकेटमार्फत् आक्रमण गरेपछि आइतबार दुबैतर्फका लाखौं मानिसले शरण लिएको संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् । 

गाजा पट्टीमा इजरायल र प्यालेस्टाइनी हमास लडाकूबीच युद्ध सुरु भएपछि सुरु भएको करिब एक वर्षको सीमापार गोलाबारीपछि इजरायलले इरान समर्थित हिजबुल्लाहतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने सङ्केत गरेको छ । सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल डानियल हागारीले शनिबार राति दक्षिणी लेबनानमा रहेको हिजबुल्लाहका लक्ष्यमा दर्जनौं इजरायली लडाकू विमानले व्यापक आक्रमण गरेको बताएका थिए । 

विश्लेषकहरूका अनुसार सहयोगी हमासको समर्थनमा काम गरिरहेको बताउने हिजबुल्लाहलाई यो साता गम्भीर धक्का लागेको छ । इजरायली पक्षबाट भएका घातक आक्रमणहरूले हिजबुल्लाहको सञ्चारलाई लक्षित गरेको थियो र यसको कुलीन एकाइको नेतृत्वमा रहेका दुई नेताको मृत्युसमेत भएको विश्लेषकहरू बताएका छन् । इजरायलले शुक्रबार गरेको हवाई आक्रमणमा हिजबुल्लाहको विशिष्ट युनिटका प्रमुख इब्राहिम अकीलको मृत्यु भएको थियो उनको अन्त्येष्टि आइतबार बेरुतमा हुने अपेक्षा गरिएको छ । 

लेबनानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक जेनिन हेनिस–प्लास्चर्टले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “यो क्षेत्र आसन्न विपत्तिको सङ्घारमा रहेको अवस्थामा यसलाई अतिरञ्जित गर्न सकिंदैन ।” दक्षिण बेरुतस्थित हिजबुल्लाहको घना बस्ती रहेको क्षेत्रमा शुक्रबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार फेरि बढेर ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले आइतबार बिहान लेबनानबाट १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । 

सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल नादाव शोशानीले एएफपीसँग भने, “तनावका कारण उत्तरी इजरायलमा लाखौं मानिसहरूले आश्रयस्थलमा शरण लिनुपरेको छ ।” सेनाले हिजबुल्लाहको रकेट प्रहारको जवाफमा दक्षिणी लेबनानस्थित हिजबुल्लाहको प्रभावक्षेत्रमा आक्रमण गरेको र हिजबुल्लाहबाट ‘ठूलो आकारको आक्रमण हुन नदिन’ यसो गरिएको शोशानीले बताए । इजरायलको उद्धार सेवाले हाइफा शहर नजिकै कम्तीमा चार जना घाइते भएको जनाएको छ । रकेट प्रहारपछि इजरायलको नागरिक सुरक्षा निकायले देशको उत्तरी क्षेत्रका सबै विद्यालय बन्द गर्न आदेश दिएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयले आइतबार सीमा नजिकै इजरायली आक्रमणमा परी एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाएको छ । हिजबुल्लाहले मङ्गलबार र बुधबार ३९ जनाको मृत्यु भएको र करिब तीन हजार घाइते भएको आक्रमणको बदलामा इजरायली सैन्य उत्पादन केन्द्र र हाइफा क्षेत्रमा रहेको हवाई अड्डालाई निशाना बनाएको जनाएको छ । इजरायलले सञ्चार उपकरण विस्फोट गराई हिजबुल्लाहविरूद्ध आक्रमण गरेको लेवनानी पक्षले दावी गरेको छ । 

पेजर र दुईतर्फी रेडियोको विस्फोटको प्रारम्भिक प्रतिक्रियामा हिजबुल्लाहले उत्तरी इजरायलमा रहेको राफेल सैन्य उद्योग परिसरमा ‘दर्जनौं’ रकेट प्रहार गरेको समूहले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले लेबनानमा रहेका अमेरिकीहरूलाई देश छोड्न आग्रह गरेको छ । जोर्डनले पनि आइतबार आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । शनिबार इजरायली सेनाले जारी गरेको वक्तव्यमा इजरायली विमानले दक्षिणी लेबनानबाट प्रहार गर्न तयार रहेका हजारौं रकेट लञ्चरमाथि प्रहार गरेको उल्लेख गरिएको छ भने हिजबुल्लाहले उत्तरी इजरायल र इजरायलले बस्ती विस्तार गरेको गोलान हाइट्समा रहेका कम्तीमा सात वटा सैन्य अखडालाई रकेटप्रहार गरेको जनाएको छ । 

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले बेरूतको दक्षिणी उपनगरमा रहेको भूमिगत बैठक कक्षमा शुक्रबार भएको आक्रमणमा तीन बालबालिका र सात महिलाको मृत्यु भएको बताएका छन् । इजरायलले रादवान फोर्सका प्रमुख अकिल र अन्य केही कमाण्डरको हत्या भएको बताएको छ । कुलीन रदवान फोर्सले हिजबुल्लाहको जमीनी अभियानको नेतृत्व गरेको छ र इजरायललाई उसका लडाकुहरूलाई सीमाबाट पछाडि धकेल्न बारम्बार आग्रह गर्दै आएको छ । 

हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले सञ्चार उपकरणमा भएको आक्रमण ‘अकल्पनीय’ प्रहार भएको स्वीकार गर्दै विस्फोटबारे कुनै टिप्पणी नगरेको इजरायलले प्रतिशोधको सामना गर्नुपर्ने बताएका छन् । लेबनानमा महिनौँसम्म दैनिक हुने आक्रमण र प्रत्याक्रमणका कारण सयौं लडाकू, इजरायल र कब्जा गरिएका गोलान हाइट्सका दर्जनौं व्यक्तिको मृत्यु भएको छ । यसपछि उक्त क्षेत्रमा दुवै पक्षका दशौं हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।  आइतवार सिंहदरबारमा संव...

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।  आइतबार सत्तापक्षीय संसदीय दलको संय...

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...

रास्वपाका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...

पक्राउ परेका व्यवसायी प्रसाईं काठमाडौं जिल्ला अदालतमा पेस

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...

उदयपुरमा सुकुम्बासीलाई ऐलानी जग्गाको निस्सा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा भूमिहीन किसान तथा सुकुम्बासीलाई ऐलानी जग्गा उपभोग गरेको निस्सा उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नम्बर–६ स्थित...

नेपाल पुलिस बन्याे सेन्ट्रल एसियन भलिबल एसोसिएसन च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।  फा...

खाेटाङमा गुम्बा निर्माण ६ वर्षदेखि अलपत्र

खोटाङ । खोटाङमा २१ करोडको लागतमा सुरु गरिएको गुम्बा ६ वर्षदेखि अलपत्र छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको...

पाथीभरामा अठार लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो दुई महिना अवधिमा १८ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत...

फिल्म ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक

काठमाडौं । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy