Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

‘सुरक्षित भविष्यका लागि शिखर सम्मेलन’का लागि विश्वका नेताहरु न्यूयोर्कमा

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१औं शताब्दीका चुनौतिहरूलाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरेको ‘सुरक्षित भविष्यका लागि शिखर सम्मेलन (समिट अफ दि फ्युचर)’मा सहभागी हुन विश्वभरका नेताहरू आइतबार न्यूयोर्कमा भेला भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सन् २०२१ मा पहिलो पटक सम्मेलनलाई अन्तर्राष्ट्रिय सहयोगलाई पुनर्जीवित गर्दै मानव इतिहासलाई नयाँ आकार दिने ‘एक पुस्तामा एकपटक आउने अवसर’ का रुपमा प्रस्ताव गरेका थिए । मङ्गलबारदेखि सुरु हुने संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका बिचमा आयोजना हुने सम्मेलनमा दर्जनौँ राष्ट्रका सरकार प्रमुख र प्रतिनिधिहरूले आइतबार सङ्कटग्रस्त विश्व परिस्थितिसँग तालमेल राख्न ‘भविष्यका लागि सम्झौता’ स्वीकृत गर्ने अपेक्षा गरिएको छ । 

सम्झौताको विषयमा अन्तिम समयमा भएको गहन वार्तापछि, गुटेर्रेसले केही निराशा व्यक्त गर्दै  सदस्य राष्ट्रहरूलाई ‘साहस’ देखाउन आग्रह गरे र आजको खतरालाई प्रभावकारी रूपमा जवाफ दिन सङ्घर्ष गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूलाई बलियो बनाउन ‘अधिकतम महत्वाकाङ्क्षा’ का लागि आह्वान गरेका छन् । स्वीकृतिका लागि पेस गरिने सम्झौताको पछिल्लो संस्करणमा नेताहरूले परिवर्तनशील संसारसँग तालमेल राख्न ‘लामो सङ्कट’ को सामना गर्दै वर्तमान र भावी पुस्ताको आवश्यकता र चासोको रक्षा गर्न बहुपक्षीय प्रणालीलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लगभग ३० पृष्ठको यो सम्झौताले बहुपक्षवादप्रति प्रतिबद्धता, संयुक्त राष्ट्रको बडापत्रको समर्थन र शान्ति स्थापनासहित ५६ वटा कार्यको रूपरेखा प्रस्तुत गरेको छ । यसले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा सुधारका साथै जलवायु परिवर्तनसँग लड्न, निशस्त्रीकरणलाई बढावा दिन र आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को विकासलाई मार्गदर्शन गर्ने नयाँ प्रयासमा ध्यान केन्द्रीत गर्न आह्वान गर्दछ । “सम्झौतामा विभिन्न प्रगतिशील कुराहरू समावेश भएपनि यो महासचिव गुटेर्रेसले सुरुमा आह्वान गरेको सम्पूर्ण बहुपक्षवादलाई सुधार गर्ने क्रान्तिकारी दस्तावेज होइन,” अन्तर्राष्ट्रिय सङ्कट समूहका रिचर्ड गोवानले दस्तावेजबारे टिप्पणी गरे । 

हालैका दिनमा भएको गहन वार्तापछि  रूसले अझै पनि शनिबार प्रकाशित पृष्ठको अन्तिम संस्करणमा आपत्ति जनाएको एक कूटनीतिक स्रोतले बताएको छ । सम्झौता स्वीकृत हुने अपेक्षा गरिएको छ, तर ग्यारेन्टी छैन । विभिन्न आलोचनाका बावजुद यो अझै पनि “कठिन वर्तमान भूराजनीतिक सन्दर्भमा पनि बहुपक्षवादप्रति हाम्रो सामूहिक प्रतिबद्धतालाई पुष्टि गर्ने अवसर हो”, एक पश्चिमी कूटनीतिज्ञले ग्लोबल नर्थ र साउथबीचको विश्वास पुनर्निर्माणको आवश्यकतालाई जोड दिँदै बताए ।

“हाम्रो अर्को काम भनेको सम्झौतालाई जीवन्त रुप दिनु हो,  शब्दहरूलाई कार्यमा परिणत गर्नु हो,” गुटेर्रेसले शनिबार बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।  आइतबार सत्तापक्षीय संसदीय दलको संय...

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...

रास्वपाका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...

पक्राउ परेका व्यवसायी प्रसाईं काठमाडौं जिल्ला अदालतमा पेस

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...

उदयपुरमा सुकुम्बासीलाई ऐलानी जग्गाको निस्सा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा भूमिहीन किसान तथा सुकुम्बासीलाई ऐलानी जग्गा उपभोग गरेको निस्सा उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नम्बर–६ स्थित...

नेपाल पुलिस बन्याे सेन्ट्रल एसियन भलिबल एसोसिएसन च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।  फा...

खाेटाङमा गुम्बा निर्माण ६ वर्षदेखि अलपत्र

खोटाङ । खोटाङमा २१ करोडको लागतमा सुरु गरिएको गुम्बा ६ वर्षदेखि अलपत्र छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको...

पाथीभरामा अठार लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो दुई महिना अवधिमा १८ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत...

फिल्म ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक

काठमाडौं । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिए...

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित, पूर्वाधार थपिँदै

मुस्ताङ । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy