Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

एउटा नाउरको शिकार गर्न २३ लाख रुपैयाँ !

खबरडबली संवाददाता

काठमाडौं । नेपालको एकमात्र ‘ढोरपाटन शिकार आरक्ष’ पेशेवर विदेशी शिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको शिकार गर्न पाइन्छ।

यो आरक्ष यिनै वन्यजन्तुको शिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ। साहसिक शिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ। हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार रुपैयाँ न्यूनतम राजस्व तोकिएको छ। 

बोलपत्र बढाबढमा शिकार गर्ने कम्पनीले न्यूनतमभन्दा धेरै मूल्य बोलकबोल गर्ने गरेको आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए। गत वर्षको ‘सिजन’मा बोलपत्र बढाबढमा अधिकतम एक नाउरको शिकार गर्न २३ लाख रुपैयाँसम्म कबोल गरिएको उनले जानकारी दिए। 

झारलको शिकारका लागि हालसम्म सबैभन्दा बढी गत वर्ष अधिकतम १८ लाख बोलकबोल गरिएको विभागको तथ्याङ्क छ। आरक्षमा घारल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको शिकार खेल्ने अनुमति दिने गरिएको छैन।  

शिकार गर्नका लागि शिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ। शिकारीले अनुमति प्राप्त बन्दुक आफ्नो देशबाट ल्याउने र त्यसैले शिकार गर्ने गर्छन्। शिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ। हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जन बढी व्यक्तिको सहयोगी समूह आवश्यक पर्ने र निकै दुर्गम भएकाले यहाँ शिकार गर्न निकै खर्चिलो हुने गरेको छ।

नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ। शिकारीले शिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै  लैजान्छन्। शिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै खाने र अन्य फोहर गाड्ने गरिन्छ।

वरिष्ठ संरक्षण अधिकृत कँडेलले भने, ‘आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ। यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छभने स्थानीयस्तरमा पर्यटनको विकास भएको छ।’

आरक्षमा हाल चरिचरनको गुणस्तर खस्कँदो, अतिक्रमण, चोरीशिकारी, काठ दाउराको मागमा वृद्धि, डढेलो, अध्ययन-अनुसन्धानको कमी, कठिन मौसम, जलवायु परिवर्तनका असरलगायत चुनौती देखिएका छन्।

नाउर एक हजार २९० र झारलको सङ्ख्या ७४४

यी वन्यजन्तुको शिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ। सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार २९० र झारलको सङ्ख्या ७४४ रहेको छ। गणनापछि वैज्ञानिक तरिकाले निश्चित सङ्ख्यामा निर्धारण गरिन्छ। यो वर्ष पहिलो सिजनका लागि २४ नाउर र १६ झारलको शिकार गर्न कोटा निर्धारण गरिएको छ।

आरक्षमा दुई सिजनमा शिकार खेलाइन्छ। पहिलो सिजन असोज–कात्तिक र दोस्रो सिजन चैतवैशाखसम्म हुन्छ। यहाँ बुढो उमेरको भालेको मात्र शिकार गर्ने गरिन्छ। करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आँकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ।

निकुञ्ज विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार साहले शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाका आधारमा शिकार गराउने गरेको बताए। 

‘यसरी शिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन। साथै जनावरको सङ्ख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पुर्‍याउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पुर्‍याउने परिस्थिति पनि उत्पन्न हुँदैन’, उनले भने।

२०४४ सामा स्थापना भएको यो आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ। रुकुम पूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ। यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन्। 

प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन्। यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइन्छन्। वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यो क्षेत्रलाई शिकार आरक्ष बनाइएको हो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चको व्याख्या : भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...

१९ वर्षपछि खुल्यो गौर हत्याकाण्डको फाइल, कहाँसम्म पुग्ला अनुसन्धान ?

काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...

कांग्रेस गोरखाद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आग्रह

गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...

सरकारले भन्यो- भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...

निर्वाचन ५५ दिन बाँकी- १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...

प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको आज बेग्लै भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...

अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending