Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट

खबरडबली संवाददाता

काठमाडौं। नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् ।

वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग गरिएको छ । रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरिएको छ । 

यस्तै अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेश आदेश जारी गर्न पनि माग गरिएको छ ।  रिटमा भनिएको छ, ‘नेपाल पत्रकार महासङ्घको मिति २०८१।०५।२८ गतेको मतदाता नामावली सम्बन्धी जेजस्तो निर्णय भए पनि झिकाई उक्त प्रेस विज्ञप्ति सम्बन्धी निर्णय लगायतका सबै निर्णय पत्राचारहरू विपक्षीहरूबाट झिकाई उत्प्रेषणको आदेशले बदर गरी नेपाल पत्रकार महासङ्घको विधानको दफा ३५ ९७० बमोजिम पटक पटक मिति तोक्दा पनि निर्वाचन गर्न नसक्ने वर्तमान केन्द्रीय समितिले विधान बमोजिम निर्वाचन गर्न नसक्ने भएकोले प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्नु र अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरी पाउ ।’

सदस्यता विवादका कारण पत्रकार महासङ्घको चुनाव समयमा गराउन नसकेकै कारण अध्यक्ष विपुल पोखरेल र वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् भने चुनाव अब कहिले हुने भन्नेमा अन्यौलता कायमै छ । नियमित चुनाव हुँदा महासङ्घको निर्वाचन गत चैतमा नै हुनुपर्ने थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा इँटाभट्टाको पर्खाल खसेर पुरिएका तीन मजदुरको मृत्यु, दुई घाइते

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएक...

भद्रपुर-जलथल-राजगढ सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम बढ्दै

झापा। भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछ...

धादिङमा ५२ किलो अफिम र भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपा...

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका ...

सात वर्ष लगाएर बनेको देवघाटको शवदाह गृह आफैं ‘बेवारिसे’

चितवन । पवित्र तीर्थस्थल देवघाटमा ठूलो आशाका साथ निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमै समस्या भएपछि अलपत्र परेको छ । परीक्षणकै क्रममा शव नपोलिन...

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्त...

भारतमा चार वर्षपछि इन्धन महँगियो, नेपालमा भने ‘बानी परिसक्यो’

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक ...

अनुभवी खेलाडीसहित बेल्जियमको विश्वकप टोली घोषणा, लुकाकुमाथि सबैको नजर

काठमाडौं। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्।  बेल्जियमले समूह ‘जी’ मा इजिप्ट, इरान र न्यू...

मैले सदन चलाउन सकिनँ भन्ने हल्ला गलत होः उपसभामुख ठाकुर

काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संव...

इनड्राइभ बन्यो विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड–हेलिङ एप

काठमाडौं । विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending