काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ । तर भारतबाटै इन्धन किन्ने नेपालमा भने यही अवधिमा पटक–पटक मूल्यवृद्धि भइसकेको छ ।
भारतीय सञ्चारमाध्यम र रोयटर्सका अनुसार भारतका सरकारी तेल कम्पनीहरूले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर ३ भारु वृद्धि गरेका छन् । नयाँ मूल्यअनुसार दिल्लीमा पेट्रोल प्रतिलिटर ९७.७७ भारु र डिजेल ९०.६७ भारु पुगेको छ ।
भारत विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता देश हो । इरानमाथि भएको आक्रमणपछि ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रबाट हुने तेल ढुवानी प्रभावित बनेपछि विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय २० डलरसम्म पुगेको थियो । अहिले पनि मूल्य १ सयदेखि १ सय ५ डलर आसपास कायम छ ।
तर नेपालमा भने मूल्यवृद्धि नयाँ कुरा रहेन । नेपाल आयल निगमले पछिल्ला महिनामै पटक–पटक भाउ बढाइसकेको छ । अहिले नेपालमा पेट्रोल प्रतिलिटर २ सय १७ रुपैयाँ, डिजेल र मट्टीतेल २ सय २५ रुपैयाँ तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर २ हजार १ सय ६० रुपैयाँ पुगेको छ ।
यसअघि वैशाख २ गते पेट्रोल २ सय १९ रुपैयाँ, डिजेल र मट्टीतेल २ सय ३७ रुपैयाँ पुगेको थियो । मूल्य केही घटे पनि आम उपभोक्तालाई राहत महसुस हुने अवस्था छैन ।
भारतमा भने मूल्यवृद्धिसँगै सरकारले इन्धन बचत अभियान पनि थालेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अनावश्यक यात्रा कम गर्न, घरबाटै काम गर्ने अभ्यास बढाउन र सरकारी खर्च कटौती गर्न आग्रह गरेका छन् । केही राज्यले त सरकारी कार्यालयमा हप्तामा दुई दिन आधा कर्मचारी मात्रै राख्ने नीति अघि बढाइसकेका छन् ।
भारतीय विश्लेषकहरूका अनुसार अहिलेको मूल्यवृद्धि पनि पर्याप्त छैन । सरकारी तेल कम्पनीहरूको घाटा पूर्ति गर्न अझै ठूलो वृद्धि आवश्यक पर्ने उनीहरूको भनाइ छ । विपक्षी दलहरूले भने चुनाव सकिएपछि मात्रै सरकारले मूल्य बढाएको भन्दै आलोचना गरेका छन् ।
विश्व बजारमा तेलको भाउ अस्थिर भइरहेकाले आगामी दिनमा नेपाल र भारत दुवैमा इन्धन अझै महँगिन सक्ने संकेत देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १९:५७
काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका ...
जेष्ठ १ गते, २०८३ - १९:५३
चितवन । पवित्र तीर्थस्थल देवघाटमा ठूलो आशाका साथ निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमै समस्या भएपछि अलपत्र परेको छ । परीक्षणकै क्रममा शव नपोलिन...
जेष्ठ १ गते, २०८३ - १९:५१
भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्त...
जेष्ठ १ गते, २०८३ - १९:४८
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक ...
जेष्ठ १ गते, २०८३ - १९:४१
काठमाडौं। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्। बेल्जियमले समूह ‘जी’ मा इजिप्ट, इरान र न्यू...
जेष्ठ १ गते, २०८३ - १९:३६
काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संव...
जेष्ठ १ गते, २०८३ - १९:२९
काठमाडौं । विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग...
जेष्ठ १ गते, २०८३ - १९:२५
काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर...
जेष्ठ १ गते, २०८३ - १९:२३
ठगीमा परेका नागरिकलाई सम्पर्क गर्न आग्रह
जेष्ठ १ गते, २०८३ - १९:२२
काठमाडौं । भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचारसम्बन्धी देवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाएका ...



प्रतिकृया लेख्नुहोस्: