Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

खबरडबली संवाददाता

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामलामा कम इच्छुक हुने गर्छन्। तर यो सबैको लागि अनिवार्य र आवश्यक नै हुन्छ। 

युवावस्थामा प्रवेश गर्दा महिलाहरुमा एउटा नयाँ धारणा बन्नेगर्छ कि यौन सम्पर्कको समयमा अत्यधिक दुखाइ हुने गर्छ। यस्ता कुराहरु यौन शिक्षा पुगेको ठाउँमा यौन शिक्षाको माध्यमबाट थाहा पाउने गरिन्छ भने यौन शिक्षा नपुगेको ठाउँमा दिदी–भाउजुबाट यो दुखाइको बारेमा यौन सम्पर्क राख्नुपूर्व यस्तो धारणा बनाउँछन्।

यौन सम्बन्धको क्रममा महिलाको यौनीबाट रगत निस्कन सक्छ। जसले गर्दा पनि महिलाहरुमा थप भय र आशंका उत्पन्न गराउँछ। त्यसो त कतिपय महिलाहरु यस्तो पनि हुन्छन् जो प्रशवको समयमा होस् या यौन सम्पर्कको समयमा समेत आवाज नै निकाल्दैनन्।

उनीहरुमा उत्तेजना कम हुने र आर्गेजम समेत कम हुने समस्या पनि हुने गर्छ। यो पनि महिलाहरुमा चिन्ता र आशंका बढाउने एउटा कारणमा पर्छ। तर जानकारहरु भन्छन् कि यौन सम्पर्कको क्रममा आवाज आउनु या नआउनुले जीवनमा कुनै असर गर्दैन।

धेरै मान्छेलाई यौन जीवनको दुस्ख र उदासीपन कसरी हटाउने भन्ने जानकारी नहुन सक्छ। धेरैको बुझाइ यो हुन्छ कि यौन सम्पर्कको क्रममा अत्यधिक दुखाइ हुन्छ र त्यसबाट छुटकारा पाउन पनि सकिँदैन। २४ वर्षीया जेस भन्छिन् ‘यस्ता त्रसित बनाउने कुराहरु मैले पनि धेरै सुनेको थिएँ। तर मेरो अनुभव त्यो रहेन। मेरो अनुभवमा सावधान र आत्मीय जीवनसाथी या प्रेमीसँग यौन सम्पर्क राख्दा त्यस्तो पीडा विल्कुल भोग्नु पर्दैन।’

हनाह विटनले युट्युब च्यानलमा यौनसम्बन्धी विविध कुराबारे छलफल गर्छिन्। यौन सम्पर्कको क्रममा हुने दुखाइको बारेमा उनी भन्छन्, ‘धेरै महिलाले यौनको समयमा दुखाइ भोग्नुपर्दैन किनकि सेक्समा दुखाइ निहीत हुन्छ।’ यौन सम्पर्कको क्रममा महिलामा दुखाइ बढ्छ भने त्यो त्यसमा हामीले यौन सम्पर्क राख्न जानेनौं भन्ने पनि बुझ्न सकिने उनी बताउँछन्।

यो स्पष्ट छ कि सेक्समा धेरै अवस्था पीडादायी हुन्छ। यदि तपाईं शारीरिक सम्बन्धको समयमा पीडाको सामना गर्नुहुन्छ भने यो एक गम्भीर समस्या हो। रोयल कलेज अफ आब्स्टिट्रेसन एन्ड गायनोकोलोजिस्ट ९आरसीओजी० का प्रवक्ता स्वाति झा भन्छिन्, ‘योनीमा पीडा आफ्नै शारीरिक कारणले पनि हुन सक्छ। कहिलेकाहीँ लेटेक्स कण्डम या साबुनका कारण पनि जलन हुन सक्छ।’ यस्तो भएमा तुरुन्त उपचार गराउन जानुपर्ने उनको तर्क छ।

यद्यपि ग्लासगो विश्वविद्यालयका वरिष्ठ रिसर्च फेलो डा क्रिस्टिन मिशेल भने यौन दुखाइमा पूर्ण रूपमा मनोवैज्ञानिक र सामाजिक कारणहरू रहेको बताउँछन्। क्रुस्टिनले २०१७ मा गरेको एउटा अध्ययनले १६ देखि २४ वर्ष उमेरसम्म्का महिलामध्ये १० प्रतिशतमा यौन सम्पर्कको क्रममा दुखाइको सामना गर्नुपरेको पाइएको थियो।

जानकारहरुका अनुसार महिलाले आफूले चाहेको जस्तो यौन सम्पर्क गर्न नपाउँदा, मन नलागी नलागी यौन सम्पर्क गर्नुपर्दा र पर्याप्त मात्रामा यौन सम्पर्कबाट आनन्द लिन नसकेको अवस्थामा यो पीडादायक हुने गर्छ। कतिपय महिलाले आफू महिला भएकोले पनि यौन सम्पर्कमा पीडा भएको हो भन्ने तर्कका कारण पनि यौन सम्पर्कमा आनन्द लिन सकेका हुँदैनन्।

अमेरिकामा गरिएको एउटा अध्ययनमा अनुसन्धानकर्ता सारा म्याकल्याण्डले महिला र पुरुषलाई यौन सम्बन्धमा कम सन्तुष्टि प्राप्त गर्नुको अर्थ के होरु भनेर सोधेका थिए। यस प्रश्नको उत्तरमा पुरुषहरूले पार्टनरको उदासीनता र महिलाहरूले पीडाका कारण कम सन्तुष्टि प्राप्त गरेको सुनाएका थिए।

किम लोलियाको पनि त्यस्तै अनुभव थियो। तर अहिले आफू महिलामा रहेको डर र समस्या हटाउने बारेमा चेतनामूलक काम गर्ने प्रयासमा रहेको उनी बताउँछन्।

लोलिया लन्डनमा आधारित यौन शिक्षा सेवाकी संस्थापक हुन्। यसका साथै उनी एक अनलाइन पत्रिका पनि प्रकाशित गर्छिन्। उनीहरू विश्वास गर्छन् कि यौन सम्पर्कमा हुने सबै दुखाइहरु शारीरिक कमजोरीका कारण हुँदैन। असुविधाजनक यौन सम्बन्धले पनि यस्ता दुखाइलाई निम्त्याउन सक्छ।

जब महिलाले पीडा महसुस गर्छन्, त्यतिबेला उनीहरु चुपचाप सहन्छन्। त्यतिबेला आफ्नै कमजोरीका कारण दुखाइ सहनु परेको सम्झिएर उनीहरु केही पनि बोल्दैनन्। उनीहरू आफ्ना साथीहरुले केही भन्छन् कि भनेर डराउने गर्छन्, जसका कारण महिलाहरुले यौन सम्पर्कको समयमा धेरै दुखाइ भोग्नु परेको हो। –एजेन्सीको सहयोगमा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

आज हरिशयनी एकादशी : तुलसी सार्ने दिन, चार महिनाको चतुर्मास व्रत सुरु

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...

६ महिनादेखि होटलबाट अनलाइन ठगी ! तीन भारतीयसहित सञ्चालक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...

एक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने कुखुरे पुल ६ वर्ष बित्दा पनि अलपत्र

वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कहाँ पूर्ण बन्द र कहाँ एकतर्फी ?

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending