एजेन्सी । अमेरिका, चीन र भारतलगायतका मुलुकले श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकालाई बधाई तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका नवनियुक्त राष्ट्रपति दिसानायकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समार्फत् दिएको सन्देशमा भनिएको छ,“अनुरा कुमारा दिसानायका, श्रीलङ्काको राष्ट्रपति चुनावमा तपाईंको विजयका लागि बधाई ।”
“भारतको छिमेक प्रथम नीति र भिजन सागरमा श्रीलङ्काको विशेष स्थान छ । हाम्रा जनता र सम्पूर्ण क्षेत्रको हितका लागि हाम्रो बहुआयामिक सहयोगलाई थप मजबुत बनाउन म तपाईंसँग नजिकबाट काम गर्न उत्सुक छु,” उनले एक्समा लेखेका छन् । त्यसैगरी, चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार दिसानायकाको विजयप्रति चीनका राष्ट्रपति सी चिनफिङले पनि खुशी व्यक्त गरेका छन् ।
उनले ६७ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र श्रीलङ्काले एकअर्कालाई सधैं बुझेको र समर्थन गर्दै विभिन्न आकारका देशहरूबीच मैत्रीपूर्ण सहअस्तित्व र पारस्परिक लाभकारी सहयोगको राम्रो उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन् । राष्ट्रपति सीले चीन र श्रीलङ्कालाई परम्परागत मित्रवत छिमेकीका रूपमा प्रशंसा गरेका छन् । राष्ट्रपति सीले चीन–श्रीलङ्का सम्बन्धको विकासलाई आफूले सम्मान गर्ने र परम्परागत मित्रतालाई अगाडि बढाउन र राजनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्न राष्ट्रपति दिसानायकेसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
अमेरिकाले पनि श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति दिसानायकालाई राष्ट्रपति निर्वाचित भएकोमा शुभकामना व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले आइतबार एक वक्तव्य जारी गर्दै निर्वाचनलाई ‘श्रीलङ्काको लोकतान्त्रिक संस्थाहरूको शक्तिको प्रमाण’ को संज्ञा दिँदै श्रीलङ्काले स्थिर, समृद्ध र एकताबद्ध समाज निर्माण गर्ने भएकाले यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वक्व्यमा भनिएको छ, “संयुक्त राज्य अमेरिका श्रीलङ्कालाई सहयोग गर्न प्रतिबद्ध छ । श्रीलङ्काले एक स्थिर, समृद्ध र एकताबद्ध समाजको निर्माण गरेको छ । साझा लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय सार्वभौमिकताको सम्मानमा आधारित द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नवनिर्वाचित राष्ट्रपतिसँग मिलेर काम गर्न हामी आतुर छौँ । साथै, हामी आर्थिक वृद्धि, सुरक्षा र हाम्रा राष्ट्रहरूबीच गहिरो सहयोग लाई बढावा दिन पनि तत्पर छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: