Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

अमेरिका, चीन र भारतद्वारा श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति दिसानायकालाई बधाइ तथा शुभकामना

खबरडबली संवाददाता

एजेन्सी । अमेरिका, चीन र भारतलगायतका मुलुकले श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकालाई बधाई तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका नवनियुक्त राष्ट्रपति दिसानायकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समार्फत् दिएको सन्देशमा भनिएको छ,“अनुरा कुमारा दिसानायका, श्रीलङ्काको राष्ट्रपति चुनावमा तपाईंको विजयका लागि बधाई ।”

“भारतको छिमेक प्रथम नीति र भिजन सागरमा श्रीलङ्काको विशेष स्थान छ । हाम्रा जनता र सम्पूर्ण क्षेत्रको हितका लागि हाम्रो बहुआयामिक सहयोगलाई थप मजबुत बनाउन म तपाईंसँग नजिकबाट काम गर्न उत्सुक छु,” उनले एक्समा लेखेका छन् । त्यसैगरी, चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार दिसानायकाको विजयप्रति चीनका राष्ट्रपति सी चिनफिङले पनि खुशी व्यक्त गरेका छन् । 

उनले ६७ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र श्रीलङ्काले एकअर्कालाई सधैं बुझेको र समर्थन गर्दै विभिन्न आकारका देशहरूबीच मैत्रीपूर्ण सहअस्तित्व र पारस्परिक लाभकारी सहयोगको राम्रो उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन् । राष्ट्रपति सीले चीन र श्रीलङ्कालाई परम्परागत मित्रवत छिमेकीका रूपमा प्रशंसा गरेका छन् । राष्ट्रपति सीले चीन–श्रीलङ्का सम्बन्धको विकासलाई आफूले सम्मान गर्ने र परम्परागत मित्रतालाई अगाडि बढाउन र राजनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्न राष्ट्रपति दिसानायकेसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

अमेरिकाले पनि श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति दिसानायकालाई राष्ट्रपति निर्वाचित भएकोमा शुभकामना व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले आइतबार एक वक्तव्य जारी गर्दै निर्वाचनलाई ‘श्रीलङ्काको लोकतान्त्रिक संस्थाहरूको शक्तिको प्रमाण’ को संज्ञा दिँदै श्रीलङ्काले स्थिर, समृद्ध र एकताबद्ध समाज निर्माण गर्ने भएकाले यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वक्व्यमा भनिएको छ, “संयुक्त राज्य अमेरिका श्रीलङ्कालाई सहयोग गर्न प्रतिबद्ध छ । श्रीलङ्काले एक स्थिर, समृद्ध र एकताबद्ध समाजको निर्माण गरेको छ । साझा लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय सार्वभौमिकताको सम्मानमा आधारित द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नवनिर्वाचित राष्ट्रपतिसँग मिलेर काम गर्न हामी आतुर छौँ । साथै, हामी आर्थिक वृद्धि, सुरक्षा र हाम्रा राष्ट्रहरूबीच गहिरो सहयोग लाई बढावा दिन पनि तत्पर छौँ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार महासंघले भर्चुअल बैठक डाक्याे

काठमाडौं । नेपाल पत्रकार महासंघले भर्चुअल बैठक बोलाएको छ । सोमबार एक सूचना जारी गर्दै महासंघले बुधबार भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्ष...

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पुर्व सचिवसहित चार जनालाई आठ बर्षको जेल सजाय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव ग...

दुर्गा प्रसाईको समर्थनमा बुटवलमा प्रदर्शन गर्ने सातजना पक्राउ

रुपन्देही । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ...

यी हुन सरकारका सचिवहरूको २४ निर्णय

काठमाडौं । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ ।  सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा ...

पर्सामा १ सय ४५ किलो गाँजासहित एउटा कार पक्राउ

पर्सा । सशस्त्र प्रहरी बल पर्साले १ सय ४५ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आइतबार राति बीओपी अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले विन्द...

इजरायलको लेबनानमा हिजबुल्लाहका केन्द्रमा आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यह...

अर्थमन्त्री पौडेल आजराती चीन प्रस्थान गर्दै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थ...

३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एकसय बेच्ने जिम्बु थकालीलाई तीनलाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  एमआरपी मूल्य भन...

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy