Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

धनुषामा प्रहरी हिरासतबाट फरार भएका नौ थुनुवामध्ये सात पक्राउ

खबरडबली संवाददाता

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्ष फोडेर फरार भएका नौ जना थुनुवामध्ये सात जनालाई प्रहरीले पक्राउ गरेका छन् । सोमबार बिहान ४ बजे हिरासत कक्षको भेन्टिलेशन फोडर नौ जना थुनुवा फरार भएका थिए । 

फरारमध्ये महोत्तरीको जलेश्वर नगरपालिका ५ का सत्यम झालाई तत्कालै प्रहरीले जनकपुरको जनक चोकबाट पक्राउ गरेको थियो । थप छ जनामध्ये तीन जनालाई धनुषाको विदेह नगरपालिकाको महिनाथपुर र अन्यलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का रोशनकुमार मण्डल, सिरहाको सिरहा नगरपालिका १३ का अभाष्करकुमार यादव, जनकपुरधाम उपमहानरपालिका २० का अमितकुमार झा रहेका छन् । 

त्यस्तै अभद्र व्यवहार मुद्दाका अभियुक्त जनकपुरधाम ४ का बिक्की कार्की, जनकपुरधाम १ का सुमित मेस्तर, धनुषाको नगराइन नगरपालिका २ का मनिष मण्डल रहेका छन् । लागूऔषध मुद्दाका धनुषाको विदेह नगरपालिका ७ का रञ्जित मण्डल र औरही गाउँपालिका २ का विशाल मुखिया अझै फरार अवस्थामा रहेका छन् । फरार रहेका दुई जनालाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको प्रवक्ता अवाले बताए । 

जिल्ला प्रहरी कार्यालय धनुषामा महिलाका लागि एकसहित तीन वटा थुनुवा कक्ष रहेका छन् । थुनुवा कक्षको सुरक्षका लागि पाँच जना प्रहरीको २४ घण्टे डिउटी रहने गरेको छ । एक साथ नौ जना थुनुवा हिरासत फोडेर फरार भएपछि  घटना सम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति बनाएको प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन सरकारका सचिवहरूको २४ निर्णय

काठमाडौं । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ ।  सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा ...

पर्सामा १ सय ४५ किलो गाँजासहित एउटा कार पक्राउ

पर्सा । सशस्त्र प्रहरी बल पर्साले १ सय ४५ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आइतबार राति बीओपी अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले विन्द...

इजरायलको लेबनानमा हिजबुल्लाहका केन्द्रमा आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यह...

अर्थमन्त्री पौडेल आजराती चीन प्रस्थान गर्दै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थ...

३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एकसय बेच्ने जिम्बु थकालीलाई तीनलाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  एमआरपी मूल्य भन...

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

एन्फा महिला लिग: एपिएफको १९ गोल

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार ...

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूतबीच भेट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटवार्ता भएको छ। दुवै जनाबीच सैनिक मुख्यालय जङ्गी अड्डाम...

बागमती प्रदेशसभाबाट ३ विधेयक सर्वसम्मत पारित

मकवानपुर । आइतबार र सोमबार दुईदिन बसेको प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाका दुईवटा समितिबाट दफवार छलफलपछि आएका प्रतिवेदन सहितका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy