Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सुनसरीमा गर्मीले जनजीवन कष्टकर बन्दै

खबरडबली संवाददाता

सुनसरी । गर्मी बढेसँगै तराईको जनजीवन कष्टकर बन्दै गएको छ । एक सातादेखि बढेको गर्मी तथा तापक्रमका कारण सुनसरीसहित तराईका जिल्लाहरूको जीवन कष्टकर बनेको हो ।

असोज सुरु भएसँगै तराईमा तापक्रम बढ्दै गएपछि सुनसरी जिल्लाको प्रमुख सहरहरू र ग्रामीण क्षेत्रहरूमा चहलपहल घटेको छ । तापक्रम बढेसँगै बिहानैदेखि गर्मी हुँदा मानिसहरूको जनजीवन प्रभावित बनेको छ । मानिसहरु घरबाहिर निस्कनसमेत समस्या हुने गरेको रामधुनी ८ का पुष्पराज विष्टले बताए । 

बिहानैदेखि गर्मी सुरु हुँदा किसान, मजदुर र विद्यार्थाीहरु बढी गर्मीको चपेटामा परेका छन् । गर्मी अत्यधिक बढेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरू असोज नौ गतेसम्म तीन दिनका लागि बन्द गरेको छ । गर्मी बढेपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको पालिका शिक्षा शाखाले जनाएको छ । यता वराहक्षेत्र नगरपालिकाले समेत अत्यधिक तापक्रम बढेपछि असोज ८ गते एक दिनको लागि नगरक्षेत्रमा रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । 

बिहानैदेखि तापक्रम बढ्ने र हावा नचल्ने हुँदा जनजीवन प्रभावित बन्नुका साथै कृषि बालीमा समेत असर पुगेको छ । गर्मी बढेपछि पूर्वी तराईका सहर र ग्रामीण क्षेत्रहरूमा मानिसहरूको चहलपहल पातलो हुन थालेको छ । अत्यधिक गर्मीका कारण हस्पिटल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीमा हुनसक्ने रोगहरू बाट जोगिन सतर्कता अपनाउनु पर्ने सुनसरी जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालका प्रमुख राजकुमार मेहताका अनुसार गर्मीका कारण झाडापखाला, ज्वरो र व्यहोस भएर आउने बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको छ । 

गर्मीमा हैजा र हेपाइटिस लगायत रोगका जीवाणु पनि बढी सक्रिय हुन सक्ने हुँदा सतर्कता अपनाउनु पर्ने जिल्ला अस्पताल सुनसरीले जनएको हो । गर्मीका कारण टाउको दुख्ने, घाटी दुख्ने, शरीर शिथिल हुने, आँखा पोल्ने जस्ता रोगहरुबाट जोगिन सतर्कता अपनाउनु पर्ने बताइएको छ । गर्मीबाट जोगिनका लागी बढी पानी पिउने, खानामा सलादको मात्रा बढाउने, ग्लुकोज, जुस, फलफूल सेवन गर्ने, बिना काम घर बाहिर घाममा ननिस्कने र निस्कन परे शरीर ढाक्ने सुतीजन्य लुगा लगाउन स्वास्थ्य कर्मीहरूले सुझाएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन सरकारका सचिवहरूको २४ निर्णय

काठमाडौं । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ ।  सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा ...

पर्सामा १ सय ४५ किलो गाँजासहित एउटा कार पक्राउ

पर्सा । सशस्त्र प्रहरी बल पर्साले १ सय ४५ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आइतबार राति बीओपी अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले विन्द...

इजरायलको लेबनानमा हिजबुल्लाहका केन्द्रमा आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यह...

अर्थमन्त्री पौडेल आजराती चीन प्रस्थान गर्दै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थ...

३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एकसय बेच्ने जिम्बु थकालीलाई तीनलाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  एमआरपी मूल्य भन...

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

एन्फा महिला लिग: एपिएफको १९ गोल

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार ...

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूतबीच भेट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटवार्ता भएको छ। दुवै जनाबीच सैनिक मुख्यालय जङ्गी अड्डाम...

बागमती प्रदेशसभाबाट ३ विधेयक सर्वसम्मत पारित

मकवानपुर । आइतबार र सोमबार दुईदिन बसेको प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाका दुईवटा समितिबाट दफवार छलफलपछि आएका प्रतिवेदन सहितका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy