Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

श्रममन्त्री भण्डारी र जापानी समकक्षी भेट, श्रम समझदारी कार्यान्वयनबारे छलफल

खबरडबली संवाददाता

काठमाडौं । जापान भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जापानी समकक्षी स्वास्थ्य, श्रम र कल्याणमन्त्री टाकेमी केइजूबिच द्विपक्षीय भेटवार्ता भएको छ । 

भेटमा उनिहरूबिच नेपाल र जापान सरकारबिच सन् २०१९ मा भएको श्रमसम्बन्धी समझदारी कार्यान्वयनका बारेमा विचार विमर्श भएको छ । मन्त्री भण्डारी र जापनी समकक्षीबिच सो समझदारी कार्यान्वयनका लागि दुई देशका अधिकारी सम्मिलित संयुक्त कार्यसमितिको बैठक बसी निष्कर्षमा पुग्न आवश्यक रहेकामा सहमति जुटेको भ्रमणदलमा सहभागी मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले जानकारी दिए । 

उनिहरूबिच सामाजिक सुरक्षाका सम्बन्धमा द्विपक्षीय समझदारीमार्फत सहकार्यका लागि गृहकार्य गर्ने समझदारीसमेत भएको छ । सो अवसरमा मन्त्री भण्डारीले नेपालबाट जापानमा नेपाली श्रमिक पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भई कार्यान्वयनमा गएको बताए । उनले इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार विभागमा सूचीकृत र टोकियोस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गरेसँगै नेपाली श्रमिक जापान जाने प्रक्रिया सुरु हुने जानकारी गराए । 

जापानी समकक्षी केइजूले नेपालले स्वीकृत गरेको ‘विशेष सीपयुक्त कामदार’ (एसएसडब्लु)सम्बन्धी कार्यविधिको स्वागत गर्दै श्रम क्षेत्रमा नयाँ सहकार्यका लागि आफूहरू आतुर रहेको बताए । उनले दुई देशबिचको श्रमसम्बन्धी समझदारी कार्यान्वयनमा सहजीकरण गर्न चाँडै नै संयुक्त कार्यसमितिको बैठक बस्ने विश्वास व्यक्त गरे । मन्त्री केइजूले उच्चस्तरमा भएका द्विपक्षीय भेटले नेपालको बेरोजगारी समस्या व्यवस्थापनमा टेवा पुग्ने र जापानमा रहेको श्रमिक अभावमा योगदान पुग्ने विश्वास व्यक्त गरेकाे मन्त्रालयले जनाएको छ ।

यसैबिच मन्त्री भण्डारी र जापानका न्यायमन्त्री रेयुजी कोइजुमिीबच भेटवार्ता भएको छ । त्यहाँको न्याय मन्त्रालयमा भएको भेटमा उनले उच्चस्तरका भ्रमणबाट दुई देशबिचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । सो क्रममा मन्त्री भण्डारीले जापानमा नेपाली श्रमिकको ‘डिपेन्डेन्ट भिसा’सम्बन्धी समस्या सहजीकरण गर्न र जापानी भाषा परीक्षा केन्द्र बढाउन आग्रह गरेका थिए । जापानी न्यायमन्त्रीले उक्त विषय सम्बोधन गर्न आफूले काम गर्ने विश्वास दिलाए । 

सो भेटमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र नेपाली प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईको समर्थनमा बुटवलमा प्रदर्शन गर्ने सातजना पक्राउ

रुपन्देही । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ...

यी हुन सरकारका सचिवहरूको २४ निर्णय

काठमाडौं । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ ।  सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा ...

पर्सामा १ सय ४५ किलो गाँजासहित एउटा कार पक्राउ

पर्सा । सशस्त्र प्रहरी बल पर्साले १ सय ४५ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आइतबार राति बीओपी अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले विन्द...

इजरायलको लेबनानमा हिजबुल्लाहका केन्द्रमा आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यह...

अर्थमन्त्री पौडेल आजराती चीन प्रस्थान गर्दै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थ...

३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एकसय बेच्ने जिम्बु थकालीलाई तीनलाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  एमआरपी मूल्य भन...

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

एन्फा महिला लिग: एपिएफको १९ गोल

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार ...

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूतबीच भेट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटवार्ता भएको छ। दुवै जनाबीच सैनिक मुख्यालय जङ्गी अड्डाम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy