Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

खबरडबली संवाददाता

काठमाडौं । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इञ्जिनीयरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो । 

इञ्जिनीयरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग आज प्रारम्भिक अन्तरक्रिया भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको उक्त छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीले यो प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा मन्त्री दाहालले नेपाली इञ्जिनीयरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताए । “यो प्रक्रिया अघि बढाउन ढिला भएको छ”, उनले  भने, “तर ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिइ पूरा गर्नुपर्छ ।”

कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गरे । उनले इञ्जिनीयरिङ क्षेत्रमा अन्वेषण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने बताए । 

त्रिभुवन विश्व विद्यालय इञ्जिनीयरिङ अध्ययन संस्थानका प्रा.डा. नरेन्द्रमान शाक्यले नेपालमा इञ्जिनीयरिङ शिक्षा तथा पेसागत अवस्थाका बारेमा आफ्नो प्रस्तुति राखेका थिए । उक्त एकडमा आवद्ध राष्ट्रहरुका इञ्जिनीयरहरुले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रियस्तरमा सम्मानजनक अवसर प्राप्त हुने सो अवसरमा जानकारी दिइयो ।

काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा यो प्रक्रियाको थालनी गरिएको बताए । यो प्रक्रिया पूरा हुन चारदेखि १० वर्षसम्म लाग्ने भए पनि प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरिङ क्षेत्रलाई आशावादी बनाएको उनले उल्लेख गरे । यो प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको अध्यक्ष शाहीको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन सरकारका सचिवहरूको २४ निर्णय

काठमाडौं । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ ।  सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा ...

पर्सामा १ सय ४५ किलो गाँजासहित एउटा कार पक्राउ

पर्सा । सशस्त्र प्रहरी बल पर्साले १ सय ४५ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आइतबार राति बीओपी अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले विन्द...

इजरायलको लेबनानमा हिजबुल्लाहका केन्द्रमा आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यह...

अर्थमन्त्री पौडेल आजराती चीन प्रस्थान गर्दै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थ...

३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एकसय बेच्ने जिम्बु थकालीलाई तीनलाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  एमआरपी मूल्य भन...

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

एन्फा महिला लिग: एपिएफको १९ गोल

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार ...

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूतबीच भेट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटवार्ता भएको छ। दुवै जनाबीच सैनिक मुख्यालय जङ्गी अड्डाम...

बागमती प्रदेशसभाबाट ३ विधेयक सर्वसम्मत पारित

मकवानपुर । आइतबार र सोमबार दुईदिन बसेको प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाका दुईवटा समितिबाट दफवार छलफलपछि आएका प्रतिवेदन सहितका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy