बेइजिङ । वासिङ्टनले चिनियाँ र रुसी प्रविधि प्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चेतावनी दिएको छ ।
ब्लुमबर्ग र अन्य सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै आइतबार संयुक्त राज्य अमेरिकाले चीनमा निर्मित हार्डवेयर र सफ्टवेयरलाई आफ्ना सवारी साधनमा प्रतिबन्ध लगाउने नयाँ नियममा विचार गरिरहेको बताएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “चीनले अमेरिकालाई बजार सिद्धान्तको सम्मान गर्न र चिनियाँ उद्यमका लागि खुला, निष्पक्ष, पारदर्शी र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्न आग्रह गरेको छ ।
लिनले भने, “अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई व्यापक बनाई चिनियाँ कम्पनी तथा उत्पादनविरुद्ध गरिएको विभेदकारी कदम लिएपछि यसकोको चीनले विरोध गरेको छ ।” उनले भने, “चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ ।” यदि यो नियमको पुष्टि भयो भने, अमेरिका र चीनबिच बढ्दो व्यापार विवादको पछिल्लो वृद्धिको प्रतीक हुनेछ ।
गत मे महिनामा वासिङ्टनले विद्युतीय सवारी साधन र सेमीकन्डक्टरजस्ता चिनियाँ आयातमा चर्को कर वृद्धि गरेको थियो । ह्वाइट हाउसका अनुसार विद्युतीय सवारी साधन, ब्याट्री, महत्त्वपूर्ण खनिज पदार्थ र चिकित्सा उत्पादनजस्ता रणनीतिक क्षेत्रलाई लक्षित गरी १८ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ आयातमा कर वृद्धि भएको छ ।
विद्युतीय सवारी साधनमा यस वर्ष चार गुणाले बढेर १०० प्रतिशत र सेमीकन्डक्टरको शुल्क आगामी वर्ष २५ प्रतिशतबाट बढेर ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ । नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा यसै महिना यी योजनालाई अन्तिम रूप दिइएको थियो, जहाँ डेमोक्र्याट र रिपब्लिकन दुवैले चीनविरुद्ध कडा अडान देखाउन खोजिरहेका छन् ।
तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा चीनबाट आयात हुने करिब ३०० अर्ब अमेरिकी डलर बराबरको सामानमा लगाइएको करको पुनरावलोकनपछि १८ अर्ब अमेरिकी डलर बराबरका सामानमा कर वृद्धि गरिएको हो । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले सोलार ब्याट्रीलगायत अन्य कर वृद्धिका साथै सेमीकन्डक्टरमा ५० प्रतिशत कर वृद्धि सन् २०२५ देखि सुरु हुने पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बेइजिङले व्यापारमा प्रतिस्पर्धा गर्नुको साटो ‘ठगी’ गरेको आरोप लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: