मकवानपुर । आइतबार र सोमबार दुईदिन बसेको प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाका दुईवटा समितिबाट दफवार छलफलपछि आएका प्रतिवेदन सहितका विधेयक आइतबार प्रदेशसभा बैठकमा पेश गरिएको थियो ।
प्रदेशसभाको सोमबारको बैठकले ती विधेयकहरु सर्वसम्मत पारित गरेको हो । प्रदेशसभाको बैठकबाट प्रदेश हस्तकाल ग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गरेको विधेयक २०८०, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत पारित गरिएको हो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले ती विधेयकहरुलाई सभा समक्ष निर्णायार्थ प्रस्तुत गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेश गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सांसदहरुले सर्वसम्मत पारित गरेका हुन् ।
त्यसअघि प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धि विधेयक उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङ, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न वनेको विधेक कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक स्वास्थ्य मन्त्री किरण थापा मगरले सभाबाट पास गरियो भन्ने प्रस्ताव गरेका थिए ।
प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गरी संशोधनको निर्णय सहित प्रतिवेदन पेश गरेको थियो ।
यस्तै प्रदेश हस्तकाल ग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल गरी संशोधनको निर्णय सहित प्रदेशसभाको उद्योग पर्यटन तथा वातावरण समितिले प्रतिवेदन सहित सभामा पेश गरेको थियो । प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागी स्थगित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८१ - २१:०२
काठमाडौं । नेपाल पत्रकार महासंघले भर्चुअल बैठक बोलाएको छ । सोमबार एक सूचना जारी गर्दै महासंघले बुधबार भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्ष...
आश्विन ७ गते, २०८१ - २०:३१
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव ग...
आश्विन ७ गते, २०८१ - २०:२३
रुपन्देही । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...
आश्विन ७ गते, २०८१ - १९:५८
काठमाडौं । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ । सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा ...
आश्विन ७ गते, २०८१ - १९:४९
पर्सा । सशस्त्र प्रहरी बल पर्साले १ सय ४५ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आइतबार राति बीओपी अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले विन्द...
आश्विन ७ गते, २०८१ - १९:४३
काठमाडौं । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यह...
आश्विन ७ गते, २०८१ - १९:३९
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थ...
आश्विन ७ गते, २०८१ - १९:१२
काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । एमआरपी मूल्य भन...
आश्विन ७ गते, २०८१ - १९:०९
मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...
आश्विन ७ गते, २०८१ - १९:०४
महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...
प्रतिकृया लेख्नुहोस्: