रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० का किसानलाई अनुदानमा आलुको बिउ वितरण गरिएको छ । कृषि विकास कार्यालय रुकुमपश्चिमले ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरेको हो ।
कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीका अनुसार गाउँमै गएर किसानलाई ९७।५ क्विन्टल आलुको बिउ वितरण गरिएको हो । चालु आर्थिक वर्ष ०८१र०८२ मा कृषि विकास कार्यालयले यस वडामा आलु क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत किसानलाई आलुको बिउ उपलब्ध गराइएको हो ।
आलु खेती गर्ने क्षेत्र बढाएर उत्पादन समेत बढाउन यहाँका किसानलाई अनुदानमा बिउ वितरण गरिएको हो । किसानको मागको आधारमा बिउ खरिद गरेर डेजिरे जातको आलुको बिउ वितरण गरिएको हो । आलु उत्पादनमा वृद्धि गरेर निर्यात गर्ने र किसानको आर्थिक उपार्जनमा सहयोग पुग्ने लक्ष्य लिइएको निमित्त कार्यालय प्रमुख केसीले जानकारी दिए।
मुसीकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धनबहादुर खड्काले अनुदानमा प्राप्त बिउ वडाका ७७ जना किसानले प्राप्त गरेको जानकारी दिए। उनले आलु उत्पादनको प्रचुर सम्भावना रहेको यस वडाका किसानलाई व्यावसायिक रूपमा कृषि पेसामा लाग्न कृषि विकास कार्यालयले प्रेरित गरिरहेको बताए।
आलु लगाउने समयमा नै कार्यालयका गाउँका किसानलाई बिउ उपलब्ध गराएको वडा अध्यक्ष खड्काले जनाए । यस स्थानमा सुन्तला, कागती, लसुनको राम्रो उत्पादन हुने गरेको छ । किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणको लागि वडा कार्यालयले व्यवसायीलाई समन्वय गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...
आषाढ़ ६ गते, २०८३ - १४:४७
बर्दिया। बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरमा कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका एक जना डुबेर बेपत्ता भएका छन् । नहरमा पानी ल्याउनका ल...
आषाढ़ ६ गते, २०८३ - १४:३३
सर्लाही। सर्लाहीको बागमती नगरपालिका–७, मा बागमतीखोलाले बगाएर एक बालक बेपत्ता भएका छन् भने अन्य तीन जना भने सकुशल बाहिर निस्कन सफल भएका छन् । बागमत...



प्रतिकृया लेख्नुहोस्: