Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । महिला र पुरुषका लागि १२५ जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा बढी ५३४ कैदीबन्दी राखिएको छ । 

अहिले कारागारमा १४ महिला र ५२० पुरुषलाई राखिएको कारागार कार्यालयका प्रमुख मायाकुमारी बस्नेत थापाले जानकारी दिइन् । कैदीबन्दीका लागि बस्नका लागि ठाउँ नहुँदा ‘ग्यालरी’ लगायतका खाली ठाउँमा बस्नुपर्ने बाध्यता रहेको छ । कारागारमा सबैभन्दा बढी लागुऔषध मुद्दाका कैदी अधिक छन् । 

“पछिल्लो सयम लागुऔषध मुद्दाका कैदी धेरै आउने गरेका छन्”, कारागार प्रमुख थापाले भनिन्, “अहिले आठजना महिला गरी २०६ जना लागुऔषध मुद्दाका कैदी कारागारमा छन् ।” उनले जिल्ला कारागारमा जग्गा पर्याप्त भए पनि बन्दीका लागि भौतिक संरचना र ढल निकासको व्यवस्था नहुँदा समस्या भएको बताइन् । 

कारागारमा ठाउँ अभावकै कारण कैदीबन्दीले कारखानासमेत सञ्चालन गर्न नसकेको प्रशासनले जनाएको छ । “बन्दीहरुले आफ्नो सीपअनुसारका विभिन्न सामग्री बनाएर बिक्री गर्ने गर्छन्”, उनले भनिन्, “त्यसका लागि पर्याप्त ठाउँ नहुँदा समस्या हुने गरेको छ ।” उनका अनुसार कन्दीहरुले कुर्सी, टेबललगायत सामग्री बनाउने गरेका छन् । 

“बिक्री गर्नका लागि समस्या हुँदैन, बाहिरबाट ‘अर्डर’ दिएर जान्छन्”, उनले भनिन्, “बजार मूल्यभन्दा यहाँ धेरै सस्तो पाइने भएकाले पनि यहाँ किन्नलाई आउँछन् ।” त्यसैगरी, गत भदौमा कारागारले सरकारको निर्णयअनुसार १४ जना कैदीको ३३ प्रतिशत कैद मिनाहा गरेको छ । लागुऔषध र वन्यजन्तु मुद्दाका कैदीलाई सरकारले ३३ प्रतिशत कैद मिनाहा गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा लागुऔषध, महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यातायात व्यवस्था कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ

सुनसरी । यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो कार्यालय परिसरबाट बिचौलियाल...

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।  बुधबार समुह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर...

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह

काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तिब्र बनाएपछि बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।  बेलायतका प्र...

भाेलीदेखि चार दिनसम्म देशभर मौसम बदलीहुने, ५६ जिल्ला उच्च जोखिममा

काठमाडौं । नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौस...

एफसी यू–२० एसियन कप छनोट : आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । न्यू ताइपेइ सिटीमा हुने खेल अपरान्ह्र ३ बजे ...

उच्चस्तरीय व्यवस्थापन समूहको बैठक: साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढने निर्णय

काठमाडौं । अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयहरुलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिहरुमा समा...

एकताबद्ध हुनु अहिलेको आवश्यकता हाे: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता भएको बताएका छन् ।  नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाट...

निष्पक्ष अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने...

नागरिकको सुरक्षा पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन

रौतहट । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले नागरिकको सुरक्षानै पहिलो प्राथमिकामा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले जस्तोसुकै विषम ...

कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित गरेका छन् ।  तारामान गुरुङ प्रमुख रहेको उक्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy