Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

असाेज १७ गतेदेखि देशभर रुट परमिट खुला हुने

खबरडबली संवाददाता

काठमाडौं । असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत्त पनेरुका अनुसार दसैँ, तिहार र छठ पर्वमा काठमाडौं उपत्यका बाहिर जाने र बाहिरका जिल्लाबाट काठमाडौं प्रवेश गर्ने यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउनका लागि मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो । 

उनका अनुसार रुट परमिट खुला गर्ने निर्णय भए पनि यदि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीलाई भने सो बन्देज कायमै रहने छ । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था लगायत सरोकारवाला निकायका पदाधिकारी सहभागी थिए । यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर लागु हुने गरी रुट परमिट खुला गरिने छ । यस्तै बैठकले ट्रेलरलगायतका ठुला सवारी साधनहरू असोज १७ गतेदेखि सडकमा रोक लगाउने पनि निर्णय भएको छ । 

निर्णयमा भनिएको छ, ‘दसैँ, तिहार र छठ पर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका भित्रिने यात्रुहरूलाई सहजिकरण गर्न उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाति, सातदोवाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदी र नाडाको सहयोग र काठमाडौं महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गर्ने ।’

यस्तै लामो तथा मध्यम दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनले आफ्नो तोकिएको पालो (क्यु) मा सञ्चालन गर्नुपर्ने छ । क्युमा सञ्चालन नगरी रिजर्भमा जान पाइने छैन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनमतले चार केन्द्रीय सदस्यसहित आठ जनालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीले आठ जनालाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीले चार जना केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको हो ।  स्पष्टीकरण सोध...

उदयपुरमा मलामी बोकेको बस दुर्घटना हुँदा २६ जना घाईते

गाईघाट । उदयपुरको वेलका नगरपालिकामा मंगलबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुँदा २ दर्जन वढि घाईते भएका छन् । सप्तकोशी नदीमा मृतकको शव जलाएर फर्कि...

१८ लाख मानिस यसपटकको चाडपर्वमा उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडाैं । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो ।  काठमाडौ...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधा...

सहकारी ठगीको मुद्दामा मिलापत्रको बाटो खुल्यो

काठमाडौं । बैङ्किङ कसुर र सहकारी ठगीको मुद्दामा मिलापत्रको लागि बाटो खुला भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडाल...

मुस्ताङका १०३ च्याङ्ग्रा लिएर फरार व्यक्ति पोखराबाट पक्राउ

पाेखरा । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । च्...

असाेज १७ गतेदेखि देशभर रुट परमिट खुला हुने

काठमाडौं । असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत...

झापामा भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ

झापा। झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर...

पर्सामा अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक

पर्सा । जिल्ला प्रशासन कार्यालयले अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ । कार्यालयले सार्वजनिक स...

साग सब्जीखेतीबाटै दैनिक १० हजार कमाई

डोटी । रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा विदेसिने गरेका छन् ।  ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy