Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् । 

निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलाप हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, त्यस्ता गतिविधिको सूचना सङ्कलन तथा विश्लेषण गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न पनि निर्देशन दिए । उनले चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकार भएका सबै पक्षसँग समन्वय र सहकार्य गर्न आग्रह गरे । “चाडपर्व लक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र आ-आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणका लागि थप सक्रिय भई काम गर्नुस् । नागरिक सेवा चुस्त बनाउँदै प्रहरीप्रति  थप भरोसा र विश्वास बढाउने गरी केन्द्रित हुन आवश्यक छ”, उनले भने । 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्यलगायत समसामयिक विषयमा निर्देशन दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनमतले चार केन्द्रीय सदस्यसहित आठ जनालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीले आठ जनालाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीले चार जना केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको हो ।  स्पष्टीकरण सोध...

उदयपुरमा मलामी बोकेको बस दुर्घटना हुँदा २६ जना घाईते

गाईघाट । उदयपुरको वेलका नगरपालिकामा मंगलबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुँदा २ दर्जन वढि घाईते भएका छन् । सप्तकोशी नदीमा मृतकको शव जलाएर फर्कि...

१८ लाख मानिस यसपटकको चाडपर्वमा उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडाैं । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो ।  काठमाडौ...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधा...

सहकारी ठगीको मुद्दामा मिलापत्रको बाटो खुल्यो

काठमाडौं । बैङ्किङ कसुर र सहकारी ठगीको मुद्दामा मिलापत्रको लागि बाटो खुला भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडाल...

मुस्ताङका १०३ च्याङ्ग्रा लिएर फरार व्यक्ति पोखराबाट पक्राउ

पाेखरा । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । च्...

असाेज १७ गतेदेखि देशभर रुट परमिट खुला हुने

काठमाडौं । असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत...

झापामा भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ

झापा। झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर...

पर्सामा अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक

पर्सा । जिल्ला प्रशासन कार्यालयले अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ । कार्यालयले सार्वजनिक स...

साग सब्जीखेतीबाटै दैनिक १० हजार कमाई

डोटी । रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा विदेसिने गरेका छन् ।  ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy