Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

क्रिप्टो कारोबारीसँग रकम असुल्ने प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

खबरडबली संवाददाता

काठमाडौँ । क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौँका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रहरी उपरीक्षक प्रजित केसीको नेतृत्वको गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले क्रिप्टो कारोबारीसँग सम्पर्क रहेको पाएपछि समिति बनाएर अनुसन्धान गरिएको र आज थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै परिसरमा प्रतिवेदन पठाइएको राससलाई जानकारी दिनुभयो ।

यसरी अनुसन्धान गरिएकामा प्रहरी हवल्दार गणेश खड्का र जवान साजन शर्मा रहेका छन् । उनीहरूमाथि पक्राउ परेका क्रिप्टो कारोबारीलाई ५० लाख असुलेर छाडेको आरोप लागेको छ । 

सो विषयमा परिसरले पनि प्रहरी उपरीक्षक नवराज अधिकारी नेतृत्वका छानबिन समिति बाएर अनुसन्धान गरेको थियो । क्रिप्टो कारोबारी अहिले फरार रहेकाले उनी पक्राउ परेपछि अझै थप कुरा खुल्ने पनि उपत्यका प्रहरीले जानकारी दिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवीन्द्र मिश्रसँगको भेटबारे प्रचण्ड सचिवालयको प्रष्टीकरण- मनगढन्ते व्याख्या गरेर (अ)राजनैतिक प्रचार गरे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणी प्रचण्...

अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान : सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोज...

धुलिखेल अस्पतालमा इन्टर्नसिपका लागि आएका दुई विदेशी युवती लुटिए

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटालियन नागरि...

म त अस्ति पनि पक्राउ गर्छन् भनेर झोला लिएर आएको थिएँ, किन डराउँथे : रवि लामिछाने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै छानबिनलाई सघाउन तया...

सेवाग्राहीसँग घुस लिँदालिँदै कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस सहित पक्राउ परेका छन् । सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्...

युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र...

मनसुनी वायुको प्रभाव- देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुम...

मञ्जुरीबिना विवाह गरेका नाबालकलाई बहुमुद्दा नचलाइने

काठमाडौँ  । महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मञ्जुरी नलिई विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र सजाय गर्न मातहातका सरकारी वक...

क्रिप्टो कारोबारीसँग रकम असुल्ने प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

काठमाडौँ । क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौँका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्...

सिन्धुपाल्चोक र रसुवाबाट उत्पादित २७० मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिदै

काठमाडौँ । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy