Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सिंजा सभ्यताको संरक्षण र रेशमी मार्गको पुनस्स्थापना गरिनुपर्छ : मन्त्री भण्डारी

खबरडबली संवाददाता

जुम्ला। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सिंजा सभ्यताकाको संरक्षणसहित तत्कालीन खस साम्राज्य सिंजासँग जोडिएको उत्तर दक्षिणको रेशमी मार्गको खोजी गर्नुपर्ने बताएको छन् ।

कनकासुन्दरी गाउँपालिकामा रहेको ऐतिहासिक कनकासुन्दरी मन्दिरको अवलोकन गर्दै उनले सिंजाको समग्र सभ्यताको इतिहास महत्वपूर्ण रहेको जोड दिँदै तत्कालीन खस साम्राज्यको राजधानी नेपाली भाषाको उद्गमस्थल सिंजा चिनाउने तत्कालिन रेशमी मार्ग मात्रै खोजी गरेर छोटो मार्ग अगाडि बढाउने हो भने महत्वपूर्ण काम हुने बताए । रेशमी मार्ग चीनदेखि युरोपसम्म हिँड्ने, भेडा, घोडा हिँडाउने मार्ग रहेको खोजी गर्न आवश्यक रहेको उनको जोड छ । 

सिंजा सभ्यतासँग जोडिएका चीन, भारत, भुटनाका भूगोल ती भूभाग अहिले नेपालमा नभए पनि सांस्कृतिक रुपमा आजपनि भुटान, चीनसम्म हाम्रो राज्य त्यहाँ रहेको इतिहास हाम्रो पुस्तालाई बुझाउन आवश्यक रहेको छ । उनका अनुसार सम्भयता र संस्कृतिलाई दुर्गम भनेर हुँदैन, यहीभित्रै कला संस्कृति लुकेकोले कर्णाली सभ्यताको धनी छ । उहाँले कनकासुन्दरी क्षेत्रमा संरक्षण हुन नसकेका पुरातात्विक सम्पदताको संरक्षणमा नेपाल सरकार र कर्णाली सरकारले प्रथाकिता दिनुपर्नेमा जोड दिए। 

कनकासुन्दीमा क्षेत्रमा स्यूवाघ लगायतका पुरातात्विक सम्पदा अहिले सम्म भग्नावशेष अवस्थामा छन्, यसको संरक्षण हुन सकेको छैन, मन्त्री भण्डारीले पशुपतिनाथ, चन्दननाथ, भैरवनाथ, गोरखनाथ नाथ भनेको दीक्षित पद रहेकाले यसको धार्मिक लिङ्क छ । 

जुम्ला र दुल्लुको पुरानो सम्बन्ध छ । 

मन्त्री भण्डारीले जुम्ला र दुल्लु तत्कालीन समयको साम्राज्य भएकाले यसको सम्बन्ध छ । कनकासुन्दरी मन्दिरको अवलोकन पछि पत्रकारहरुसँग कुराकानी गर्दै जीवनमा एकचोटी आउने सिंजा भएकाले संस्कृति खोज्न टाढा जान आवश्यक नभएकोमा जोड दिए । उनले जुम्ला पनि साहुवाडा, दैलेख पनि साहुवाडा छ, धेरै गाउँहरु एउटै नामका छन् । दस्तावेज समेत भएकाले सिंजा र दुल्लुको सम्बन्ध प्रगाढ छ । 

स्थानीयले सिंजा सभ्यताको संरक्षणका लागि अपिल गरेका छन् । कनकासुन्दरी ४ का अध्यक्ष धनामानसिंह हमालले यस सिंजाका पुरातात्विक संरचना अध्ययन, संरक्षण पूर्वाधारका लागि खोजी गर्न अनुरोध गरे । स्थानीयले खस सभ्यताका बाजागाजासहित विभिन्न स्थानमा स्वागत गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफल भएकोमा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्...

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा कैलालीमा एक दम्पतीको मृत्यु

धनगढी। कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।  बुधबार राति ना ६ ख ७७८ नम्बरक...

लुम्बिनी र कोशी प्रदेशमा चैत ६–७ गते तीव्र हावाहुरी चल्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जानकारी दिएको छ। विभागका अनु...

रास्वपा सबैभन्दा ठुलो पार्टी बनेर आएसँगै संसदीय दलका कार्यालय साटफेर

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियतमा उल्लेखनीय परिवर्तन भएको छ । दलहरूको नयाँ हैसियतअनुसार संघीय संसद् स...

समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र वितरण सुरु, अब सरकार गठनको प्रक्रिया अघि बढ्ने

काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ। ...

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डे ले बिहीबार ...

नेपाली बजारमा सुनको मूल्य ५ हजार ४ सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। महासंघले सार्वजनिक गरेको मूल्...

गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव कांग्रेस बैठकमा पेस हुने

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकमा सभापति गगन थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: