Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

मध्य युरोपमा घातक बाढीको सम्भावना

खबरडबली संवाददाता

वासिङ्टन । मानव–सिर्जित जलवायु परिवर्तनले यस महिनाको सुरुमा मध्य युरोपमा विनाशकारी बाढी ल्याउने भारी वर्षाको सम्भावनालाई दोब्बर बनाएको र यसको तीव्रता बढाएको एउटा नयाँ अध्ययनले पत्ता लगाएको छ । 

सेप्टेम्बरको मध्यमा बोरिस आँधीबाट आएको मुसलधारे वर्षाले मध्य युरोपको ठूलो भूभागलाई प्रभावित गर्दा रोमानिया, पोल्यान्ड, चेक गणतन्त्र, अस्ट्रिया, हङ्गेरी, स्लोभाकिया र जर्मनीमा व्यापक क्षति भयो । बाढीबाट २४ जनाको ज्यान गयो, पुलहरू क्षतिग्रस्त भए, कारहरू डुबे, सहरहरू विद्युत्विहीन भए र पूर्वाधार मर्मतका लागि ठूलो आवश्यकता भयो । 

चार दिनको भीषण वर्षा मध्य युरोपमा अहिलेसम्म रेकर्ड गरिएको ‘धेरै ठूलो’ रहेको र कोइला, तेल र प्राकृतिक ग्यास जलाउँदा उत्पन्न हुने तापक्रम वृद्धिका कारण यसको सम्भावना दोब्बर भएको युरोपबाट द्रुत जलवायु एट्रिब्युस अध्ययन गर्ने वैज्ञानिकहरूको एक समूह वर्ल्ड एट्रिब्युसन अध्ययनले बुधबार बताएको छ । अध्ययनले जलवायु परिवर्तनले वर्षालाई सात प्रतिशतदेखि २० प्रतिशतसम्म तीव्र बनाएको बताएको छ । 

अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका जलवायु शोधकर्ता जोयस किमुताईले भने, “फेरि पनि एक पटक यी बाढीहरूले जीवाश्म इन्धनसँग प्रेरित तापक्रम वृद्धिको विनाशकारी परिणामहरूलाई उजागर गरेका छन् ।” मानव सिर्जित जलवायु परिवर्तनको प्रभाव परीक्षण गर्न वैज्ञानिकहरूको टोलीले मौसम तथ्याङ्कको विश्लेषण गरे र जलवायु मोडलहरूको प्रयोग गरेर चिसो पूर्वऔद्योगिक कालदेखि आजसम्म यस्ता घटना कसरी परिवर्तन भएका छन् भनेर तुलना गरेको थियो । 

यस्ता मोडलहरूले पूर्वऔद्योगिक कालदेखि हालको एक दशमलव तीन डिग्री सेल्सियको विश्वव्यापी तापक्रम वृद्धिबिनाको संसारको अनुकरण गर्छन र त्यस्तो संसारमा यति गम्भीर वर्षा हुने सम्भावना कति हुन्थ्यो भनेर हेर्छन् । अध्ययनले गम्भीर प्रभाव महसुस गरेका मुलुकहरूमा केन्द्रित रहेर चार दिनको वर्षाको घटनाको विश्लेषण गरेको थियो । “कुनै पनि जलवायुमा तपाईंले कहिलेकाहीँ रेकर्डहरू तोडिउन् भन्ने अपेक्षा गर्नुहुन्छ तर रेकर्डहरू यति ठूलो अन्तरले तोडिएको देख्नु भनेको त्यो वास्तवमै जलवायु परिवर्तनको छाप हो र यो केवल तातिरहेको संसारमा मात्र देखिने कुरा हो”, एट्रिब्युसन अध्ययन टोलीको समन्वय गर्ने इम्पेरियल कलेजका जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले भने । 

बोरिस आँधीबाट उत्पन्न वर्षाको सबैभन्दा गम्भीर प्रभाव विशेषगरी नदी नजिकका सहरी क्षेत्रहरू भएका पोलिश–चेक सीमा क्षेत्र र अस्ट्रियामा महसुस गरिएको थियो । यस महिनाको बाढीबाट मृत्यु हुनेको सङ्ख्या सन् १९९७ र सन् २००२ मा यस क्षेत्रमा आएको विनाशकारी बाढीको तुलनामा धेरै कम थियो । यद्यपि धेरै मामिलामा पूर्वाधार र आपत्कालीन व्यवस्थापन प्रणालीहरू जलमग्न भएकाले यसलाई ठिक गर्न अर्बौं युरो लाग्नेछ । 

गत साता युरोपेली सङ्घ (इयु) का प्रमुख उर्सुला भोन डेर लेयेनले बाढीबाट पूर्वाधार र आवासीय क्षेत्रमा क्षति भोगेका मुलुकहरूलाई अर्बौं युरो सहायता प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । वर्ल्ड वेदर एट्रिब्युसन अध्ययनले अझै बढी तापक्रम भएको संसारमा विशेषगरी पूर्व–औद्योगिक कालदेखि दुई डिग्री सेल्सियसको तापक्रम वृद्धि भएमा हालको स्तरको तुलनामा भयानक चार दिने आँधीको सम्भावना ५० प्रतिशतले बढ्ने चेतावनी दिएको छ । लेखकहरूले यस्ता आँधीहरूको तीव्रता पनि बढ्ने पत्ता लगाएका छन् । 

मध्य युरोपभर भारी वर्षालाई ‘भिबी डिप्रेसन’ को नामले जानिन्छ । यो उत्तरबाट चिसो ध्रुवीय हावा आल्प्स पर्वत माथिबाट बग्दा र दक्षिण युरोपबाट आउने तातो हावासँग भेट्दा बन्दछ । अध्ययनका लेखकहरूले सन् १९५० को दशकदेखि यस्तै भिबी डिप्रेसनहरूको सङ्ख्यामा देख्न सकिने कुनै परिवर्तन फेला पारेनन् । विशेषगरी चरम मौसमी घटना पछाडि जलवायु परिवर्तन थियो वा थिएन भनी निर्धारण गर्न धेरै समय लाग्ने कुराप्रतिको निराशाका कारण सन् २०१५ मा वर्ल्ड वेदर एट्रिब्युसन समूह सुरु भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE