Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

अमेरिकी राष्ट्रपति चुनाव: ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धाको सङ्केत

खबरडबली संवाददाता

काठमाडौं । महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि आगामी नोभेम्बर ५ तारिखका दिन चुनाव हुँदैछ । अर्थात् चुनाव हुन ४२ दिन मात्र बाँकी छ तर राष्ट्रपतिका मुख्य दुई उम्मेदवारमध्ये कसले बाजी मार्छ भन्ने अझै एकिन भइ नसकेको अमेरिकी चुनावी मतसर्वेक्षणहरूले देखाइरहेका छन् । 

यस पटकको चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस मुख्य प्रतिस्पर्धी रहेको छ । दुवै उम्मेदवारले एकअर्का विरूद्ध तिक्ततापूर्ण गालीगलौज गरिरहेका भएपनि आम अमेरिकी नागरिकले भने उनीहरूले अघि सारेका आर्थिक, सामाजिक, राजनीतिक जस्ता घरेलु मामिलाका विषयसँगै विदेश नीतिका बारेमा उनीहरूका अडानलाई समीक्षा गरिरहेको बताइएको छ । 

एकातिर अमेरिकाको सर्वोच्च नेतृत्वमा कमला ह्यारिसको रूपमा पहिलो महिला र त्यो पनि एसियन–अफ्रिकन मूलकी महिलालाई चुन्ने अवसर प्राप्त भएको छ । ह्यारिसले चुनाव जिते यो अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । तर ह्यारिसलाई चुनावमा सहज जित निकाल्न भने त्यति सहज छैन । सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा त्यसबेला निकै लोकप्रिय उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँगै पराजित भएको थियो । अमेरिकी समाज चरम पितृसत्तात्मक र दक्षिणपन्थी–अनुदारवादी छ भन्ने त्यसबेला चर्चामा थियो । तर यसपटक महिलालाई शीर्ष नेतृत्वमा स्थापित गराउन अमेरिकी समाज सहजै तयार होला ? अझै द्विविधा कायम रहेको धारणा चुनावी सर्वेक्षणले देखाएका छन् । 

पछिल्लो पटक फाइभ थर्टी एटले सार्वजनिक गरेको विवरणमा ह्यारिसले ४८ प्रतिशत र ट्रम्पले ४६ प्रतिशत मत पाउने आकलन गरिएको छ । अर्थात दुई उम्मेदवारबीच २ प्रतिशतको मात्र अन्तर छ । गत सेप्टेम्बर १० मा पेन्सिलभेनियामा भएको बहसपछि कमला ह्यारिसले आफ्नो पक्ष निकै मजबूत बनाएको मानिए पनि मतदाताले दुवै उम्मेदवारप्रति खासै धेरै खुलेर समर्थन गरेका छैनन् । राष्ट्रव्यापी मतसर्वेक्षणमा दुई उम्मेदवार अघिपछि देखिए पनि राष्ट्रपतिको चयन भने इलेक्टोरल कलेजका आधारमा हुने गर्दछ । पपुलर मत धेरै ल्याएर मात्र पुग्दैन । 

अमेरिकी राष्ट्रपतिका लागि कूल ५३८ इलेक्टोरल कलेजमध्ये कम्तीमा २७० स्थान जित्नु पर्दछ । अमेरिकाका ५० वटा राज्यबाट जनसङ्ख्याका आधारमा इलेक्टोरल कलेजको सङ्ख्या निर्धारण हुने गर्दछ । यही कारण धेरै जनसङ्ख्या र इलेक्टोरल कलेज रहेका राज्यहरूमा दुवै उम्मेदवारले प्रचारका कार्यलाई तीव्र बनाएका छन् । डेमोक्रेट वा रिपब्लिकनका परम्परागत समर्थक बढी भएका राज्यहरूको आधारमा दुवै उम्मेदवारबीच इलेक्टोरल कलेजको सङ्ख्या लगभग बराबर छ । तर इलेक्टोरल कलेज सङ्ख्या ठूलो भएका केही राज्यको परिणाम कुन उम्मेदवारतर्फ सोझिएला भन्ने अनुमान गर्न कठिन भइरहेको छ । स्वीङ स्टेट वा ब्याटलग्राउन्ड स्टेट (जुनसुकै उम्मेदवारले जित्ने अनुमान गरिएका) नामले चिनिएका केही राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर रहेको सर्वेक्षणले देखाएका छन् । 

यसपटक ब्याटलग्राउन्ड स्टेटका रूपमा चित्रित गरिएका मध्ये नेभादा (६ इलेक्टोरल कलेज भोट), पेन्सिलभेनिया (१९), विस्कन्सिन (१०) र मिसिगन (१५) राज्यमा कमला ह्यारिस १ वा २ प्रतिशत मतान्तरले अघि रहेको एबिसी न्यूजको पछिल्लो सर्वेक्षणले देखाएको छ । उता, नर्थ क्यारोलिना (१६), एरिजोना (११) र जर्जिया (१६) मा डोनाल्ड ट्रम्प अत्यन्त झिनो मतान्तरले अघि रहेको देखाएको छ । यूगभ, आरएमजी रिसर्च, हार्ट रिसर्च, फ्लोरिडा युनिभर्सिटी समेत अधिकांश मतसर्वेक्षणले डेमोक्रेट उम्मेदवार ह्यारिसले झिनो मतान्तरले चुनाव जित्ने अनुमान गरिरहेको समयमा पछिल्लो पटक दी न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सर्वेक्षणले भने डोनाल्ड ट्रम्प १ प्रतिशत मतान्तर सहित राष्ट्रपतिमा विजयी हुने देखाएको छ । 

“अमेरिका फस्र्ट” “मेक अमेरिका ग्रेट अगेन” को नारा लगाउँदै आएका डोनाल्ड ट्रम्पले पूर्वी क्षेत्रका तीन राज्य– पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया– मा विजयी भए राष्ट्रपति बन्नबाट उनलाई कसैले रोक्न नसक्ने अमेरिकी अखबार “पोलिटिको”का वरिष्ट स्तम्भकार जोनाथन मार्टिनले लेखेको छ । दुवै उम्मेदवारबीच व्यक्तिगत लाञ्छनायुक्त घोचपेच भए पनि आमरूपमा दुवै उम्मेदवारले केही जल्दाबल्दा विषयलाई सम्बोधन गर्न चाहेको देखिन्छ । खासगरी डोनाल्ड ट्रम्पले अमेरिकाभित्र बढ्दो आप्रवासनलाई निरुत्साहित गर्ने, अवैध आप्रवासीलाई उनीहरूकै देश फर्काउने, दक्षिणी सीमामा पर्खाल लगाउने, इन्धनको मूल्य घटाउने, विदेशी सामानमा कर बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने बताइरहेको छ । देशभित्र आप्रवासीको सङ्ख्या ठूलो मात्रामा बढ्नुमा डेमोक्रेट पार्टीको खराब नीति मुख्य रूपमा जिम्मेवार रहेको ट्रम्पको भनाइ छ । उनले इजरायल–प्यालेस्टिनीबीच जारी युद्ध तथा रुस–युक्रेन युद्धलाई तत्कालै समाधान गर्ने पटक पटक दोहोर्याएको छ । 

राष्ट्रपतीय बहसका क्रममा डेमोक्रेटिक उम्मेदवार ह्यारिसले भने गाजामा जारी युद्ध रोक्न बाइडेन प्रशासनले भरमग्दुर प्रयास गरिरहेको तथा युक्रेनको स्वतन्त्रतालाई अक्षुण्ण राख्न अमेरिकाले आर्थिक, सैनिक र राजनीतिक सहयोग जारी राख्ने बताएको छ । यद्यपि यी दुवै मामिलामा खासै प्रगति गर्न नसकेको भन्दै बाइडेन–ह्यारिस प्रशासनको आलोचना भइरहेको छ । अर्कातर्फ, अमेरिकामा बढ्दो बेरोजगारी र मूल्यवृद्धि (मुद्रास्फीति) लाई नियन्त्रणमा ल्याउन दुवै उम्मेदवारबीच दबाब बढ्दो छ । अमेरिकी जनताले दुवै उम्मेदवारलाई यही प्रश्न गरेर हैरान बनाइरहेका छन् जसको अनौठा, अविश्वसनीय जवाफ सुनेर आमजनता र अमेरिकी बौद्धिक समुदाय नै अन्यौलमा रहेको न्यूजविकले लेखेको छ । 

कमनवेल्थ फाउन्डेसनका प्रमुख कार्यकारी एन्ड्रु लेविसले न्यूजविकमा लेखेका छन्, “केही वर्षदेखि पेन्सिलभेनियामा जीवन धान्ने खर्च नियन्त्रण बाहिर पुगेको छ । हरेक सामग्रीको मूल्य तीव्र गतिमा बढेको छ । आफूले रोजेजस्तो घर किन्न सक्ने अवस्था छैन । तलब, ज्याला बढे पनि दैनिक जीवन गुजाराका लागि अत्यावश्यक खाद्यान्न समेतका सामग्रीको मूल्य अकासिएको छ ।”

ह्यारिसले भने पेन्सिलभेनियाका चुनावी सभाहरूमा सम्बोधन गर्दै इन्धन समेतका वस्तुको मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याउने र आम सर्वसाधारणको जीवनलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । तर यी प्रतिबद्धतामा खासै विश्वस्त हुन सकिने अवस्था नदेखिएको लेविसको भनाइ छ । अर्थात् यही प्रवृत्ति अधिकांश राज्यहरूमा छ । यद्यपि, बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउन ट्रम्पलाई पनि फलामको च्यूरा चपाएसरह रहेको लेविसको धारणा छ ।

केही वर्षदेखि अमेरिकी चुनाव वर्ग, क्षेत्र, लिङ्ग, ल्याटिनो, आप्रवासन जस्ता अनेक मुद्दाबाट विभाजित हुन थालेकाले रैथाने अमेरिकीहरूको दृष्टिकोण र धारणाले चुनावी परिणामलाई प्रभावित तुल्याउन थालेको धेरैको बुझाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE