Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

नेपालकै फरक क्षमताका स्नुकर खेलाडी, वैशाखी स्नुकर सँगसँगै

खबरडबली संवाददाता

भैरहवा । भैरहवामा जिल्ला स्तरीय स्नुकर खेल प्रतियोगिता भइरहेको छ । रुपन्देही सहित ३ जिल्लाका १२८ खेलाडी उपाधिका लागि प्रतिस्पर्धामा भिडिरहदा वुटवलका एक फरक क्षमताका खेलाडी पनि वैशाखी सहित प्रतिस्पर्धामा छन । ३५ वर्षिय जमिर मिया विगत एक दशक देखि एक हातमा वैशाखी र एक हातमा स्नुकरको डण्डी बोकेर प्रतिस्पर्धामा उत्रिने गर्छन ।

साथीभाईहरुले खेलेको देख्दा स्नुकर प्रति आकर्शित भएको उन्को रुचि नै बन्यो । आफुले सक्छु भन्ने लागेपटि उनी १२ वर्ष पछि गरेर देखाउछु भन्ने अठोट लिई खेल्न सुरुवात गरेका थिए  । उनी भन्छन सुरुदेखि नै रु्रचि भएकोले चेस र स्नुकरमा मेरो लगाव थियो । दुवै गेम इन्डोर भएकोले अहिले सम्म खेल्दै आएको छु शरीरिक रुपमा पनि धेरै बल नपर्ने भएकोले अहिले प्राय नियमित रुपमा नै स्नुकर खेल्दै आएको छु परिवारबाट पनि पूर्ण सहयोग हुने गरेको छ । 

उनी भन्छन पहिला पहिला स्नुकर खेलप्रति हेर्ने दृष्टीकोण फरक थियो, नकारात्मक रुपमा लिने गर्थे । तर अहिले समाजमा विस्तारै यस्को हेर्ने दृष्टिकोण फरक हुदै गई अहिले अरु खेल जस्तै लिने गरेकोले यस्मामा पनि सम्भावना देखिएको बताए । हाल सम्म जिल्लाका विभिन्न प्रतियोगितामा भाग लिए, तर जिल्ला बाहिर प्रतियोगीको रुपमा गएको छैन । रुपन्देहीमा भएको जिल्ला स्तरीय प्रतियोगितामा ५ पटक सहभागी भएको उनी सुनाउछन । मिया भन्छन इच्छा भएर नै यहाँ सम्म पुगेको छु ।

खेल्न लाएको त एक दशक भयो तर विचमा आर्थिक अवस्थाले गर्दा केही समय विश्राम लिएको थिए, अहिले केही वर्ष देखि फेरी खेल्न सुरु गरेको छु । जन्मजात पोलियोले कम्मर भन्दा तलको भाग एकतर्फको शिथिल छ र बैशाखीकै शहारा अघि बढ्दै छु एकातर्फको खुट्टा भने ठिक रहेको छ ।

फरक क्षमताको खेलाडी भएकोले पनि उनलाई प्रतियोगिताहरुमा सम्मानका साथ सहभागी गराइन्छ । परिवारबाट पूर्ण सहयोग पाएका उनलाई आयोजकहरुले पनि सम्मान दिएर प्रतियोगीका रुपमा भिडाउँछन । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा अहिले भैरहवामा जारी आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगितामा उनी सहभागी भई दुई खेल खेलेका छन । पहिलो खेलमा जित निकाल्दै उनले दोस्रो चरणको खेलमा पराजित भएपनि निराश छैनन । खेल हो हारजित हुन्छ तर कुनै न कुनै दिन उपाधि नै जित्छु भन्ने आट मियामा रहेको छ । 

रुपन्देही पुल तथा स्नुकर संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले जमिर नेपालकै स्नुकर खेलाडी मध्ये फरक खेलाडीको रुपमा पाएको बताए, फरक क्षमताका खेलाडी वैशाखीकै भरमा उनी अन्य प्रतिस्पर्धी जस्तै भएर घण्टौ प्रतिस्पर्धामा उत्रिन्छन । हामीले उनलाई प्रवेश शुल्क मिनाहा गरि सहभागिता गराएका छौ, नेपालकै नमूना खेलाडीको रुपमा उनको परिचय रहेको खेल संयोजक थापाले भने ।

खेलको विकास, प्रचार प्रसार  र खेलाडीको हकहीतका लागि २०६८ सालमा संघको स्थापना भएको हो । महासंघ र राष्ट्रिय खेलकुद परिषदको सदस्य समेत रहेको संघले आहिले जिल्ला स्तरीय अठौ प्रतियोगिता गराउदै आएको छ । १६० बढि खेलाडी आबद्ध रहेको संघले युवा युवति कुलतमा नफसुन भनेर पनि आचारसंहिता लागु गर्दै अन्य खेल जस्तै यस्को परिचय बनाउदै गएको छ । शरिरीक रुपमा पनि अभ्यास हुने भएको अहिले खेलप्रति धेरैको रुचि बढीरहेको छ । 

प्रतियोगितामा सोमबार पहिलो चरणका खेलहरु सम्पन्न भई मंगलबार दोस्रो चरणको १५ वटा खेल भएको छ । भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा जारी प्रतियोगितामा पहिलो चरणका खेलहरु ६४ जना खेलाडीहरु बाहिरिएका छन् भने दोस्रो चरणमा ३२ जना बाहिरीने छन ।  प्रतियोेगितामा १२८ जना खेलाडीहरुले भाग लिएका छन । 

मंगलबार फरक क्षमताका खेलाडी भनेर चिनिने जमिरसँग सुजन थापाको प्रतिस्पर्धा थियो । सुजनले ५१ को ब्रेक गर्दै २ शुन्यले खेल जित्यो । आयोजकले ५० भन्दा बढि ब्रेक गर्नेलाई नगद १ हजार १ सय पुरस्कारको व्यवस्था गरेको छ, जस्को प्रायोजन प्रिन्स ज्वेलर्सले गरेको छ । यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैँया, तथा उपविजेताले नगद २५ हजार रुपैँया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सार्वधिक ब्रेकरले नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यातायात व्यवस्था कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ

सुनसरी । यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो कार्यालय परिसरबाट बिचौलियाल...

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।  बुधबार समुह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर...

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह

काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तिब्र बनाएपछि बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।  बेलायतका प्र...

भाेलीदेखि चार दिनसम्म देशभर मौसम बदलीहुने, ५६ जिल्ला उच्च जोखिममा

काठमाडौं । नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौस...

एफसी यू–२० एसियन कप छनोट : आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । न्यू ताइपेइ सिटीमा हुने खेल अपरान्ह्र ३ बजे ...

उच्चस्तरीय व्यवस्थापन समूहको बैठक: साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढने निर्णय

काठमाडौं । अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयहरुलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिहरुमा समा...

एकताबद्ध हुनु अहिलेको आवश्यकता हाे: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता भएको बताएका छन् ।  नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाट...

निष्पक्ष अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने...

नागरिकको सुरक्षा पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन

रौतहट । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले नागरिकको सुरक्षानै पहिलो प्राथमिकामा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले जस्तोसुकै विषम ...

कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित गरेका छन् ।  तारामान गुरुङ प्रमुख रहेको उक्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy