Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

नेपालकै फरक क्षमताका स्नुकर खेलाडी, वैशाखी स्नुकर सँगसँगै

खबरडबली संवाददाता

भैरहवा । भैरहवामा जिल्ला स्तरीय स्नुकर खेल प्रतियोगिता भइरहेको छ । रुपन्देही सहित ३ जिल्लाका १२८ खेलाडी उपाधिका लागि प्रतिस्पर्धामा भिडिरहदा वुटवलका एक फरक क्षमताका खेलाडी पनि वैशाखी सहित प्रतिस्पर्धामा छन । ३५ वर्षिय जमिर मिया विगत एक दशक देखि एक हातमा वैशाखी र एक हातमा स्नुकरको डण्डी बोकेर प्रतिस्पर्धामा उत्रिने गर्छन ।

साथीभाईहरुले खेलेको देख्दा स्नुकर प्रति आकर्शित भएको उन्को रुचि नै बन्यो । आफुले सक्छु भन्ने लागेपटि उनी १२ वर्ष पछि गरेर देखाउछु भन्ने अठोट लिई खेल्न सुरुवात गरेका थिए  । उनी भन्छन सुरुदेखि नै रु्रचि भएकोले चेस र स्नुकरमा मेरो लगाव थियो । दुवै गेम इन्डोर भएकोले अहिले सम्म खेल्दै आएको छु शरीरिक रुपमा पनि धेरै बल नपर्ने भएकोले अहिले प्राय नियमित रुपमा नै स्नुकर खेल्दै आएको छु परिवारबाट पनि पूर्ण सहयोग हुने गरेको छ । 

उनी भन्छन पहिला पहिला स्नुकर खेलप्रति हेर्ने दृष्टीकोण फरक थियो, नकारात्मक रुपमा लिने गर्थे । तर अहिले समाजमा विस्तारै यस्को हेर्ने दृष्टिकोण फरक हुदै गई अहिले अरु खेल जस्तै लिने गरेकोले यस्मामा पनि सम्भावना देखिएको बताए । हाल सम्म जिल्लाका विभिन्न प्रतियोगितामा भाग लिए, तर जिल्ला बाहिर प्रतियोगीको रुपमा गएको छैन । रुपन्देहीमा भएको जिल्ला स्तरीय प्रतियोगितामा ५ पटक सहभागी भएको उनी सुनाउछन । मिया भन्छन इच्छा भएर नै यहाँ सम्म पुगेको छु ।

खेल्न लाएको त एक दशक भयो तर विचमा आर्थिक अवस्थाले गर्दा केही समय विश्राम लिएको थिए, अहिले केही वर्ष देखि फेरी खेल्न सुरु गरेको छु । जन्मजात पोलियोले कम्मर भन्दा तलको भाग एकतर्फको शिथिल छ र बैशाखीकै शहारा अघि बढ्दै छु एकातर्फको खुट्टा भने ठिक रहेको छ ।

फरक क्षमताको खेलाडी भएकोले पनि उनलाई प्रतियोगिताहरुमा सम्मानका साथ सहभागी गराइन्छ । परिवारबाट पूर्ण सहयोग पाएका उनलाई आयोजकहरुले पनि सम्मान दिएर प्रतियोगीका रुपमा भिडाउँछन । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा अहिले भैरहवामा जारी आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगितामा उनी सहभागी भई दुई खेल खेलेका छन । पहिलो खेलमा जित निकाल्दै उनले दोस्रो चरणको खेलमा पराजित भएपनि निराश छैनन । खेल हो हारजित हुन्छ तर कुनै न कुनै दिन उपाधि नै जित्छु भन्ने आट मियामा रहेको छ । 

रुपन्देही पुल तथा स्नुकर संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले जमिर नेपालकै स्नुकर खेलाडी मध्ये फरक खेलाडीको रुपमा पाएको बताए, फरक क्षमताका खेलाडी वैशाखीकै भरमा उनी अन्य प्रतिस्पर्धी जस्तै भएर घण्टौ प्रतिस्पर्धामा उत्रिन्छन । हामीले उनलाई प्रवेश शुल्क मिनाहा गरि सहभागिता गराएका छौ, नेपालकै नमूना खेलाडीको रुपमा उनको परिचय रहेको खेल संयोजक थापाले भने ।

खेलको विकास, प्रचार प्रसार  र खेलाडीको हकहीतका लागि २०६८ सालमा संघको स्थापना भएको हो । महासंघ र राष्ट्रिय खेलकुद परिषदको सदस्य समेत रहेको संघले आहिले जिल्ला स्तरीय अठौ प्रतियोगिता गराउदै आएको छ । १६० बढि खेलाडी आबद्ध रहेको संघले युवा युवति कुलतमा नफसुन भनेर पनि आचारसंहिता लागु गर्दै अन्य खेल जस्तै यस्को परिचय बनाउदै गएको छ । शरिरीक रुपमा पनि अभ्यास हुने भएको अहिले खेलप्रति धेरैको रुचि बढीरहेको छ । 

प्रतियोगितामा सोमबार पहिलो चरणका खेलहरु सम्पन्न भई मंगलबार दोस्रो चरणको १५ वटा खेल भएको छ । भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा जारी प्रतियोगितामा पहिलो चरणका खेलहरु ६४ जना खेलाडीहरु बाहिरिएका छन् भने दोस्रो चरणमा ३२ जना बाहिरीने छन ।  प्रतियोेगितामा १२८ जना खेलाडीहरुले भाग लिएका छन । 

मंगलबार फरक क्षमताका खेलाडी भनेर चिनिने जमिरसँग सुजन थापाको प्रतिस्पर्धा थियो । सुजनले ५१ को ब्रेक गर्दै २ शुन्यले खेल जित्यो । आयोजकले ५० भन्दा बढि ब्रेक गर्नेलाई नगद १ हजार १ सय पुरस्कारको व्यवस्था गरेको छ, जस्को प्रायोजन प्रिन्स ज्वेलर्सले गरेको छ । यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैँया, तथा उपविजेताले नगद २५ हजार रुपैँया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सार्वधिक ब्रेकरले नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE