काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दैछन्।
न्यूयोर्कमा रहेका ओलीले स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसअघि बिहानी सत्रमा ९ देशमा प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रसंघले जनाएको छ।
त्यसपछि दिउँसो सत्रमा पहिलो वक्ताको रुपमा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, बेरोजगारी, गरिबी निवारण लगायतका विषय उठाउने तयारी गरेका छन्।
महासभामा सहभागी गत असोज ४ गते न्युयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली द्विपक्षीय साइडलाइन भेटवार्तामा व्यस्त छन्।
हिजो मात्रै प्रधानमन्त्री ओली र बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच भेटवार्ता गरे। युनुस बंगलादेशमा सत्ता परिवर्तन भएपछि अन्तरिम सरकारको प्रमुख बनेका हुन्।
ओली र युनुसबीच ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदान–प्रदान, शैक्षिक सम्बन्ध तथा क्षेत्रीय–अन्तर्राष्ट्रिय फोरमहरूमा सहकार्यमा केन्द्रित रहेको जनाइएको छ।
यसैगरी अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।
त्यसअघि ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग पनि भेटवार्ता गरिसकेका छन्। ओलीले फिनल्याण्डका राष्ट्रपति, कुवेतका राजकुमार, भुटानका प्रधानमन्त्री लगायतलाई भेटिसकेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: