Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

नियन्त्रण हुँदै रौतहटको राजपुरमा फैलिएको हैजा

खबरडबली संवाददाता

रौतहट । पछिल्लो ८ दिनदेखि राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा क्रमश: नियन्त्रण हुँदै गएको छ । समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरु अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु नपरेको स्थानीयले बताएका छन् ।

हैजा अन्य समुदायमा फैलिन नदिन रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गत ६ गते एक सूचना जारी गर्दै वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेका थिए ।  वडा नम्बर ४ स्थित जोबैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्र लाई निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह सहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्रमा स्थलगत अनुगमन निरीक्षण गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको ।

असोज २ गतेदेखि राजपुर- ४ मा १ जना बिरामीबाट सुरुभएको हैजा ६ गतेसम्म वडा ३ मा समेत गरी ६० जना भन्दा बढी महिला, पुरूष बालबालिकामा लागेपछि नगरपालिकाको अनुरोधमा वडा नम्बर ४ लाई निषेधित गरिएको थियो ।

सम्पूर्ण बिरामीलाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले जानकारी दिएका छन् ।  हैजा प्रभावित ६० जनाभन्दा बढी बिरामी क्रमश: निको हुँदै घर फर्किसकेका स्वास्थ कार्यालय रौतहटका प्रमुख महेश साहले बताएका छन् ।

प्रमुख साहका अनुसार हाल प्राथमिक स्वास्थ केन्द्र राजापुरमा मात्र १ जना हैजा सङ्क्रमित महिलाको उपचार भईरहेको छ अन्य सबै निको भएर आआफ्नो घरमा फर्किसकेका छन् ।

दुषित खाने पानीको प्रयोगले राजापुरको दुईटा वडामा हैजा रोग फैलिएको हुनसक्ने डाक्टरहरूको प्रारम्भिक अनुमान रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending