डडेल्धुरा। वर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको भिमदत्त राजमार्ग सुचारु भएको छ । बुधबार रातिदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्न एक मात्रै राजमार्ग बिहीबार बिहान करिब १०ः३० बजेदेखि सुचारु भएको हो ।
यस राजमार्गको डोटी जिल्लामा पर्ने घोरडी र गोगनपानी खण्डमा मा पहिरो खसेपछि बुधबार रातिदेखि नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्राईले जानकारी दिए।
उनका अनुसार बिहीबार बिहानैदेखि पहिरो पन्छाउन थालिएपछि राजमार्ग सुचारु भएको हो । राजमार्ग अवरुद्ध हुँदा यात्रु बोकेका सवारीका साधान, मालबाहक ट्रकसँगै बिरामी बोकेका एम्बुलेन्स रातभरी नै रोकिएका थिए ।
यस्तै, डडेल्धुरा–डोटी जाड्ने केआईसिंह राजमार्ग भने आशिंक रुपमा सुचारु भएको छ । डडेल्धुराको रडुवामा पहिरो खसेपछि यो राजमार्ग अवरुद्ध भएको थियो । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको तर आशिंक रुपमा यातायात सेवा सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मङ्गलबार साँझदेखि मनसुन पुनः सक्रिय हुने र देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको पूर्व जानकारी अनुसार डडेल्धुरा लगायत सुदूरपश्चिमका जिल्लाहरुमा वर्षा भइरहेको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि एक सुचना जारी गर्दै वर्षा हुने भएकाले सतर्कता अपनाउन र पूर्व तपारी अवस्थामा रहन स्थानीयहरु लाई आग्रह गरेको थियो ।
मनसुन सक्रिय भएसँगै भइरहेको वर्षाले भित्र्याउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा समेत असर पुगेको छ । धान भित्र्याउने समयमा भएको वर्षाले किसानलाई क्षती पुर्याएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ११:२१
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ । नेपाल सुनचाँदी ...
आषाढ़ १७ गते, २०८३ - ११:०२
गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्...
आषाढ़ १७ गते, २०८३ - १०:५१
भोजपुर । भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङखा–रानिटार सडकअन्तर्गत ३ किलोमिटर सडक निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा गुणस्तर कायम गर्न आ...
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...



प्रतिकृया लेख्नुहोस्: