सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई साना बहिनीको जिम्मेवारीसँगै बितिरहेको छ।
कक्षा ३ मा अध्ययनरत शेखरले आफ्नै पढाइसँगै ५ वर्षीया सोनाक्षी र ३ वर्षीया दिव्यांशीको स्याहार–सुसार गर्दै आएका छन्। आमाबुबाको साथ छुटेपछि उनी नै दुवै बहिनीका लागि दाजु मात्र होइन, अभिभावक पनि बनेका छन्।
दुई वर्षअघि पारिवारिक विवादपछि आमा सञ्जुकुमारी यादव घर छाडेर गइन्। त्यसयता उनी फर्किएकी छैनन्। बुबा विमल यादव रोजगारीका लागि झापामा रहे पनि पछिल्लो एक महिनादेखि सम्पर्कविहीन रहेको स्थानीयवासी बताउँछन्।
अहिले तीनै बालबालिका ठूला बुबा कमल यादव र ठूली आमाको संरक्षणमा छन्। तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले दैनिक जीवन चलाउनै कठिन छ।
हरेक बिहान शेखरको दिन बहिनीहरूलाई उठाएर, हातमुख धुलाइदिएर र विद्यालयका लागि तयार पारेर सुरु हुन्छ। त्यसपछि उनी तीन वर्षीया दिव्यांशीलाई पिठ्युँमा बोकेर र पाँच वर्षीया सोनाक्षीको हात समाउँदै विद्यालय पुग्छन्। बहिनीहरूलाई आ–आफ्नो कक्षामा पुर्याएपछि मात्र उनी आफ्नै कक्षामा पढ्न बस्छन्।
विद्यालय सकिएपछि पनि उनी बहिनीहरूलाई लिएर घर फर्किन्छन्। घरमा उनी आफैंले बहिनीहरूलाई नुहाइदिने, लुगा धुने, सरसफाइ गर्ने, ओछ्यान मिलाउने र आँगन सफा गर्ने कामसमेत गर्छन्।
स्थानीयका अनुसार ठूला बुबाले सकेसम्म उनीहरूको हेरचाह गरिरहेका छन्। तर आर्थिक अभावका कारण सबै आवश्यकता पूरा गर्न कठिन भइरहेको छ।
जनता माध्यमिक (प्राविधिक) विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिंहका अनुसार विद्यालयले पनि शेखर र उनका बहिनीहरूलाई आवश्यक सहयोग गर्दै आएको छ। विद्यालयबाट शैक्षिक सामग्री, साबुनलगायत सहयोग उपलब्ध गराइएको छ भने प्रधानाध्यापकले आफ्नै खर्चमा लुगाफाटाको व्यवस्था गरिदिएको बताएका छन्।
गोलबजार नगरपालिका–९ का वडाध्यक्ष सुरेन्द्रकुमार सिंहले पनि बालबालिकाको अवस्था निकै संवेदनशील रहेको भन्दै शिक्षा, स्वास्थ्य र संरक्षणका लागि वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
कठिन परिस्थितिका बीच पनि शेखरले आफ्नो पढाइ छोडेका छैनन्। आफू पढ्ने मात्र होइन, आफ्ना दुई बहिनीको भविष्य उज्यालो बनाउन पनि उनी हरेक दिन जिम्मेवारीको भारी बोकेर विद्यालय पुगिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: