Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

टपरी बेचेर मासिक डेढ लाख आम्दानी गर्दै महताे

खबरडबली संवाददाता

बरहथवा । सर्लाही जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक रु। एक लाखबढी आम्दानी गर्दै आइरहेका छन्। दुई महिनाअघि घरमा दुना टपरी बनाउने उद्योग सञ्चालन गरी उनी स्वरोजगार बनेका हुन्।

टायलले छाएको, बाँसको टाटीले बेरेको भुइँ तल्ला घरको एउटा कोठामा दुनाटपरी बनाउने उपकरण जडान गरी उद्योग सञ्चालन गरेको महतोले बताए। महतोले दैनिक एक हजार थान टपरी, भोज खान मिल्ने पात र मागअनुसार दुना बनाएर बजार पठाउने गरेको बताए। ‘दिनको एक हजार थान टपरी बजारमा पठाउने गरेको छु।

अहिले महिनामा रु। एक लाख ५० हजारसम्म आम्दानी भइरहेको छ’, उनले भने। दश किलोमिटर टाढा चुरे क्षेत्रबाट दैनिक पात ल्याउने गरेको भन्दै पात टिप्न तीन परिवारका छ जनालाई अस्थायी रुपमा रोजगारी पनि दिएको उनले जानकारी दिए।

पात टिप्नेले प्रतिकिलोको रु। ४० लिने गरेका छन्। ‘गाँसेको पातको प्रतिथान रु। दुई दिन्छु। टपरी बनाएर बेच्दा सबै खर्च कटाएर रु। एकदेखि रु। दुईसम्म नाफा हुन्छ’, महतोले भने। तयारी टपरी प्रतिथान रु। पाँच, भोज खाने पात प्रतिथान रु। तीन र दुना प्रतिथान रु। तीनमा बिक्री हुने उहाँले जानकारी दिए।

महतोसँगै गाउँका अन्य क्याम्पस पढ्ने चारजना युवाले पनि अध्ययनसँगै फुर्सदको समयमा उक्त कामलाई निरन्तरता दिँदै आएका छन्। उनले भने, ‘उहाँहरु क्याम्पसबाट आएपछि फुर्सदमा काम गरेर पढाइ खर्च आफैँलै जोहो गर्नुहुन्छ।’ दैनिक दुईरतीन घण्टा काम गरेर रु ५०० सम्म आम्दानी हुने गरेको स्थानीय मनिषाकुमारी शर्माले बताइन्। उनले भनिन्, ‘फुर्सदमा आएर काम गर्छु। यसबाट आएको पैसाले आफूलाई कलेज पढ्न चाहिने खर्च, स्टेसनरी, खाजा, भाडा पुगेको छ।’

उद्योगमा तयार भएका दुनाटपरी जिल्लाको हरिवन, बरहथवा, लालबन्दी, वयलवास, नयाँरोडलगायत बजारसम्म पुर्‍याउने गरेको उनले उल्लेख गरे। ग्राहकको मागअनुसार पात तथा तयारी दुनाटपरी दैनिक एकपटक बजारसम्म पुर्‍याउने गरेको शर्माले बताइन्। आर्थिक रुपमा विपन्न परिवारका महतो सानैदेखि मिहिनेती रहेका छरछिमेकी बताउँछन्। खेतबारी कम भएकाले आम्दानीको विकल्पका रुपमा दुनाटपरी बनाउन थालेको बताउँदै महतोले थोरै लगानीबाट पनि बढी मुनाफा लिन सकिने धारण राखे।

‘पाँचजना दिदीहरुको विवाह गर्दा लागेको ऋण तिर्न बाँकी छ, बुबाआमा काम गर्न सक्नु हुँदैन। सुरुमा ज्याला मजदुरी, घर बनाउने ठाउँमा इँटा बोक्ने, प्लास्टर गर्नेलगायत काम गरेँ। हातमा संक्रमण भएपछि ती काम छोडेर यसलाई निरन्तरता दिन थालेको हुँ’, उनले भने।

हरिवन–४ का वडाध्यक्ष केशवराज थापाले नगरपालिकाले युवालाई उद्यममा प्रोत्साहन गर्न तालिम आयोजना गर्न लागेको जानकारी दिएपछि आफूसहित पाँचजना मिलेर दुनाटपरी बनाउने तालिममा सहभागी भएका बताउँदै महतोले तालिम सात दिनसम्म सञ्चालन भएको जानकारी दिए। तालिमपश्चात् वडा कार्यालयले रु। दुई लाख ४० हजार अनुदान दिएपछि दुनाटपरी बनाउने उपकरण ९मेसिन० खरिद गरी उद्योग दर्ता गरिएको उनको भनाइ छ।

बजारमा प्रतिस्पर्धा बढिरहेको भन्दै महतोले प्लास्टिक र कागजका सामग्रीसँग आफूहरुले पातका सामग्रीले प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गरे। यस्ता साना घरेलु उद्योगलाई स्थानीय सरकार र विभिन्न संघसंस्थाले सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

‘विभिन्न कार्यक्रम गर्दा उहाँहरुले प्रयोग गर्ने प्लास्टिकका प्लेट, कचौरालगायत सामग्रीको साटो प्राकृतिक पातबाट बनेका दुना टपरी प्रयोग गरिदिन अनुरोध गर्दछौँ’, महतोले भने, ‘यसबाट वातावरण सफा हुने, युवा स्वरोजगार बन्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धनसमेत हुने भएकाले सहयोगका लागि सबैलाई आग्रह गर्दछौँ।”

परिवारसँग छुट्टिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्दै स्वदेशमा काम गर्ने वातावरण स्थानीय तहले बनाउनुपर्ने महतोको भनाइ छ। आगामी दिनमा आधुनिक र ठूला उपकरण ल्याएर व्यवस्थित उद्योग सञ्चालन गर्ने योजना रहेको उनले सुनाए। यस्ता साना उद्योगमा बैङ्क तथा वित्तीय संस्थाले ऋण लगानी नगर्दा समस्या हुने गरेको उनको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘रिचार्ज’ पोखरी निर्माण गर्दै नासों गाउँपालिका

मनाङ ।  जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ। त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन्। पर्यावरण संरक्षणका लागि...

टपरी बेचेर मासिक डेढ लाख आम्दानी गर्दै महताे

बरहथवा । सर्लाही जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक रु। एक लाखबढी आम्दानी गर्दै आइरहेका छन्। दुई महिन...

नेविसंघ अखिल क्रान्तिकारीसँग हातेमालो गर्न तयार छः अध्यक्ष शेर्पा

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल(क्रान्तिकारी)सँग हातेमाले गर्न तयार रहेको बताएका छन् ।...

माओवादीले सुदूरपश्चिममा 'तीनमहिने संगठन विस्तार' कार्यक्रम गर्ने

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।  यही अ...

तस्बिरमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । पूर्वप्र...

निखिल उप्रेतीले गरे हेयर ट्रान्सप्लान्ट

काठमाडौं । अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन् । दरबारमार्गमा अवस्थीत आवरण स्कीन एण्ड हेयर क्लिनिकमा सर्जन डा.रुपक घिमिरेले निखिलको ...

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो । आज ३२२ कम्पनिको कारोबार हुदा एक करो...

महानगरले डेंगुको लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने

काठमाडौँ । डेंगु रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । महानगरले व्यक्ति...

एकीकृत समाजवादीमा विवाद, नेताको कार्यविभाजनमा जुटेन सहमति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । पार्टी केन्द्...

विद्यालय जाँदै गरेका चार बालबालिका अरिंगालले टोकेर घाइते

लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् ।  आज बिहान विद्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy