Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

गुराँस गाउँपालिकामा विवाद : अध्यक्षद्वारा प्रशासकीय अधिकृतमाथि गिलास प्रहार

सांकेतिक तस्विर AI द्वारा निर्मित
खबरडबली संवाददाता

सुर्खेत । गुराँस गाउँपालिका का अध्यक्ष टोपबहादुर बिसी माथि प्रमुख प्रशासकीय अधिकृतमाथि गिलास प्रहार गरेको आरोप लागेको छ।

वैशाख २१ गते दिउँसो करिब २ बजे अध्यक्ष बिसीले आफ्नै कार्यकक्षमा डिनायट घर्ती लाई लक्षित गरी सिसाको गिलास प्रहार गरेको आरोप स्रोतहरूले जनाएका छन्। घटनाका बेला कार्यकक्षमा अन्य कर्मचारीहरू पनि उपस्थित रहेका थिए।

कार्यालय सञ्चालनसम्बन्धी विषयमा धारणा नमिल्दा विवाद चर्किएर उक्त घटना भएको बताइएको छ। प्रमुख प्रशासकीय अधिकृत घर्तीले इन्धन प्रयोग, कार्यक्रम सञ्चालनको तरिका तथा केही व्यक्ति र संघ–संस्थासँगको सम्बन्धबारे असहमति जनाउँदै आएका थिए।

साथै, कार्यालय प्रयोजनका सामग्री खरिद तथा भुक्तानी प्रक्रियासम्बन्धी विषयमा पनि उनले प्रश्न उठाउँदै आएको स्रोतको भनाइ छ।

यसअघि पनि अध्यक्ष बिसीमाथि प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखमाथि रजिस्टर प्रहार गरेको आरोप लागेको थियो।

घटनाबारे औपचारिक छानबिन हुने वा नहुने विषयमा भने सम्बन्धित निकायले अहिलेसम्म कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिबिराई प्रकरणमा सरकार असफल भएको हर्क सााम्पाङको टिप्पणी

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज सााम्पाङले सरकारप्रति कडा आलोचना गर्दै जिबिराईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको संकेत भएको टि...

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण, प्रतिकेजी न्युनतम २२ रुपैयाँदेखी १०० रुपैया सम्म

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा तरकारी, फलफूल तथा अन्य ...

साफ महिला च्याम्पियनसिप: उपाधिको खोजीमा नेपाली महिला टोलीको तिब्र तयारी

काठमाडौं । भारतको गोवामा हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोली हाल काठमाडौंमा निरन्तर प्रशिक्षणमा व्यस्त छ। लामो ...

स्थायी व्यवस्थापनको पर्खाइमा रहेका होल्डिङ सेन्टरका सुकुम्वासीको जीवन सहज बन्दै

भक्तपुर । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुम्वासी बस्ती हटाइएपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्...

तेह्रथुमको ढाका: तानको तालबाट अन्तर्राष्ट्रिय बजारसम्मको यात्रा

तेह्रथुम । बिहानैदेखि म्याङलुङ बजार र आसपासका गाउँमा तानको ताल गुञ्जिन थाल्छ। रङ्गीचङ्गी धागोमा बुट्टा भर्दै महिलाहरू व्यस्त छन्। यही परम्परागत सीप अह...

अझै भवनविहीन पालिकाहरू: जग्गा चन्दाबाट, सेवा भाडाकै घरबाट

बागलुङ । बागलुङका केही पालिकाहरूले अझै आफ्नै प्रशासनिक भवन बनाउन नसक्दा भाडाकै घरबाट सेवा दिनुपर्ने बाध्यता कायम छ। स्थानीय तह गठन भएको नौ वर्ष बितिसक...

झापामा रगतको माग उच्च

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको ...

अनुदान र सम्झौताले फेरियो खेती : लमजुङबाट १ सय ७५ मेट्रिक टन आलु बजारमा

लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई...

घिमिरे दाजुभाइ सम्पर्कविहीन, बचतकर्ताको करोडौँ रकम अलपत्र

काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहक...

ब्रिटिस राजनीतिमा नेपाली उपस्थिति बलियो, रानाभाट दम्पतीसहित थुप्रै नेपालीमूलका उम्मेदवार विजयी

काठमाडौं । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विशेषगरी लन्डनको रोयल ग्रीनबीच बरोमा पूर्वमेयर जित...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending