Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग

खबरडबली संवाददाता

काठमाडौं । वार्षिक १ करोड रुपैयाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

यस्तै वार्षिक २५ करोड रुपैयाँ सम्म कारोवार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था एवं वार्षिक २५ करोड रुपैयाँ भन्दा वढीको कारोवार गर्ने करदाताहरुको सम्बन्धमा पौष २० गते सम्म मात्र म्याद थप हुने व्यवस्था प्रति चेम्बरले विमती जनाएको हो । 

मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको एवं निजी क्षेत्रको मनोबल खस्किरहेको वर्तमान अवस्थामा विद्यमान कानूनी व्यवस्था विपरित भएको विभागको पछिल्लो निर्णयले व्यवासायिक क्षेत्रमा गम्भिर असर गर्ने चेम्बरले उल्लेख गरेको छ । आन्तरिक राजश्व विभागको निर्णय सच्याउन समेत चेम्बरले आग्रह गरेको छ  । 

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आयकर ऐन २०५८ को दफा ९८(१)मा आय विवरण दाखिला गर्ने म्याद थप गर्ने सम्बन्धमा “दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्याद भित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले आय विवरण दाखिला गर्नुपर्ने म्याद थप गरिदिन सक्नेछ । यसरी म्याद थप का लागि दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णयको जानकारी निवेदकलाई लिखित रुपमा दिनु पर्नेछ  भन्ने कुरा उल्लेखित हुंदाहुंदै विभागले सूचना जारी गरी विगतमा दिएको म्याद थपको सुविधाहरु कटौति गरेकोमा उद्योगी व्यवसायीहरु मर्कामा पर्ने व्यहोरा अनुरोध छ, ।’

शिथिल रहेको अर्थतन्त्रलाई पुनःजागरण गराई राजश्वका श्रोतहरु बढाउनु पर्नेमा विभागको पछिल्लो निर्णय आन्तरिक राजश्व नीतिको प्रतिकुल रहेको चेम्बेरको ठहर छ । 

सानो र ठूला कारोबारीहरुबीच हिसाव मिलान गर्नुपर्ने अवस्था समेत रहेको परिपे्रक्ष्यमा विभागको सफ्टवेयर क्षमता अभिवृद्धि गर्नु पर्ने र विगतमा झै आय विवरण दाखिलाको समय साविक बमोजिम गर्ने व्यवस्थाको लागि पनि नेपाल चेम्बर अफ कमर्सले आन्तरिक राजश्व विभागको ध्यानाकर्षण गराएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि

काठमाडौं । सर्वोच्च अदालतले एकसय ५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट)ले उक्त न...

मनसुन सक्रिय भएकाले भोलि र पर्सि यी नदीमा बाढीको जोखिम

काठमाडाैं । मनसुन सक्रिय बनेर देशभर भीषण वर्षा हुने भएपछि बाढी पूर्वानुमान महाशाखाले आइतबारसम्म बाढीको जोखिम रहेका नदीको सूची सार्वजनिक गरेको छ ।  ...

लिग-२ मा ६ हारपछि नामिबियाको पहिलो जित

काठमाडौं । नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरे...

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्य...

फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको...

पोखरामा १३ वर्षीय बालकको डेङ्गुबाट मृत्यु

पाेखरा । पोखरा महानगरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सङ्क्रमित बढेसँगै महानगरमा यसबाट पाँच जनाको मृत्यु भइसकेको छ । पश्चिमाञ्चल क्षेत्...

बैतडीमा पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित

बैतडी । पहिरोले बैतडीमा एक घर पुरिएको छ । डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर पहिराले पुरेको जिल्ला प्रहरी ...

विश्वलाई नेपाली संस्कृति चिनाउने अवैतनिक राजदूत : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले  नेपालको इतिहास र संस्कृतिको नजिकबाट अध्ययन गरेका अध्येता नेपालको संस्कृतिका अवैतन...

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित द्विपक्षी...

पर्यटनमा योगदान पुर्‍याउने पाँच युवा सम्मानित

काठमाडौं । टुरिजम रिसर्च एण्ड टेनिंग इन्स्टिच्युट (टिआरटिआइ) को तेस्रो नेशनल टुरिजम कन्फ्रेन्स सम्पन्न भएको छ । कोशी, मधेश र बागमती प्रदेशका चारवटा वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy