Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

एन्फा महिला लिग: वालिङ दोस्रो चरणमा प्रवेश

खबरडबली संवाददाता

काठमाडौं । वालिङ नगरपालिका एन्फा महिला लिगको दोस्रो चरण (सुपर लिग) मा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई २–१ गोलले हरायो ।

वालिङको जितमा सुक्रिया मियाले पाँचौँ र ज्याकलिन नसालीले ३६औँ मिनेटमा गोल गरिन । चन्द्रपुरका लागि सुनिता सुनारले ५०औँ मिनेटमा सान्त्वना गोल फर्काइन । जितसँगै लिगमा नौ खेल सकेको वालिङ १५ अङ्क जोड्दै चौथो स्थानमा छ ।

हारसँगै समान खेलबाट आठ अङ्क बनाएको चन्द्रपुर आठौँ स्थानमा रहँदै सुपर लिगबाट बाहिरिएको छ । नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्...

सर्लाहीकाे बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट...

निजामती कर्मचारीको मनपरी हुने सरुवा र बढुवा रोक्न स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरिरुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । प्र...

धनुषाकाे मिथिला बिहारीमा बोराभित्र शव भेटियो

जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको ...

माेरङकाे एक कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाखभन्दा बढीकाे क्षति

मोरङ । कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ । बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट ...

छुवाछूतबारे बनेका कानुन कडाइका साथ लागू गर्नुपर्छ : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी ब...

असदको पतन रुसका लागि ‘पराजय’ होइन:पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य ...

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्य...

यो वर्षकाे हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ ।  मौसमविद् स...

महायज्ञबाट दुई करोड बढी सङ्कलन

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । राष्ट्र निर्माण धार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy