Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

मेक्सिकोमा गोली लागि ११ बन्दूकधारीको मृत्यु

खबरडबली संवाददाता

मेक्सिको । मेक्सिकोको उत्तरपूर्वी क्षेत्रमा बुधबार सुरक्षा फौजको कारबाहीमा ११ जना बन्दुकधारीको मृत्यु भएको छ ।

नुएभो लियोन राज्य सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, सुरक्षाकर्मीले एक सशस्त्र समूहलाई पछ्याउने क्रममा उनीहरूले गोली चलाएपछि भएको झडपमा ११ जना बन्दूकधारीको गोली लागी मृत्यु भएको छ भने एक जनालाई सुरक्षा नियन्त्रणमा लिइएको छ । सुरक्षाकर्मीले उक्त सशस्त्र समूहबाट हतियार र सवारी साधन जफत गरेको छ ।”

कमाण्ड पोस्टमा आक्रमण भएपछि हवाई र स्थलमार्गबाट खोजी सुरु गरिएको र सुरक्षा फौजतर्फ कुनै हताहती भएको छैन । सुरक्षाकर्मीले करिब आठवटा पिकअप ट्रकमा यात्रा गरिरहेका बन्दुकधारीलाई लखेट्ने क्रममा लस रामोनेस नगरपालिकामा गोली हानाहान भएको थियो । हिरासतमा लिइएका संदिग्ध व्यक्ति राजमार्गमा छद्म भेषमा हतियार र सामरिक उपकरण बोकेर हिँडेका थिए । 

मेक्सिकोमा सुरक्षा बल र संदिग्ध कार्टेल सदस्यहरूबीच भिडन्त हुने गरेको छ । सन् २००६ देखि अहिलेसम्म ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोमा चार लाख ५० हजारभन्दा बढी मानिसको सशस्त्र झडपमा मृत्यु भइसकेको छ । देशको सबैभन्दा शक्तिशाली र हिंस्रक लागूऔषध गिरोहमध्येको एक उत्तरपश्चिमी राज्य सिनालोआमा लागु औषधको ओसारपसार गर्ने समूहमा आन्तरिक कलहका कारण यो महिना दर्जनौं व्यक्तिको मृत्यु भएको छ । 

गत जुलाईको अन्त्यतिर सिनालोआ लागु औषत्र कारोबार गर्ने संस्थाका सहसंस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडालाई अमेरिकी भूमिमा अचानक पक्राउ गरिएपछि यो हिंसा भएको हो । निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले सामाजिक कार्यक्रममार्फत गरिबी र असमानतासँग जुझ्दै हिंसात्मक अपराधसँग जुध्न ‘हग्स नट बुलेट्स’ रणनीतिको वकालत गरिरहेका समय पछिल्लो झडप र मृत्यु भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने

जापान । सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्ने आधिकारिक मतगणनाले ...

पर्यटकलाई आकर्षित गर्न पुरानो भिसा प्रणालीमा फर्किँदै श्रीलङ्का

कोलम्बो । मुलुकको सर्वोच्च अदालतले भिसा प्रशोधन विदेशी कन्सोर्टियमलाई आउटसोर्स गर्ने विवादास्पद करोडौं डलरको सम्झौतालाई निलम्बन गरेपछि श्रीलङ्काले पर्...

बाँकेमा अवैध लागूऔषध सहित तीन जना पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा आज "चाड पर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियान २०८१" को सुरुवात भएको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्याल...

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विम...

एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि

काठमाडौं । सर्वोच्च अदालतले एकसय ५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट)ले उक्त न...

मनसुन सक्रिय भएकाले भोलि र पर्सि यी नदीमा बाढीको जोखिम

काठमाडाैं । मनसुन सक्रिय बनेर देशभर भीषण वर्षा हुने भएपछि बाढी पूर्वानुमान महाशाखाले आइतबारसम्म बाढीको जोखिम रहेका नदीको सूची सार्वजनिक गरेको छ ।  ...

लिग-२ मा ६ हारपछि नामिबियाको पहिलो जित

काठमाडौं । नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरे...

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्य...

फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy