Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । 

पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र कोइकाका देशीय निर्देशक मुहेन कोङले सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गरे। साथै देशीय निर्देशक मुहेनले पालिका अध्यक्षलाई कृषि उपज ढुवानी गर्ने साधनको साँचो हस्तान्तरण गरे । 

गाउँपालिकाका किसानलाई आयआर्जनसँग जोड्ने नीतिलाई सार्थक पार्न कोइका नेपालले गरेको सहयोगप्रति गाउँपालिका अध्यक्ष लामाले आभार व्यक्त गरे । 

गाउँपालिकाको कृषि नीतिअन्तर्गत किसानसँग जोडिने, उपलब्ध जग्गाको उच्चतम प्रयोग गरी जैविक सागसब्जी र खाद्यान्न उत्पादन गरी किसानलाई आयआर्जनसँग जोड्न केन्द्र सहयोगी हुने विश्वास उनले व्यक्त गरे ।

देशीय निर्देशक मुहेनले केन्द्र सञ्चालनसँगै यहाँका किसानलाई आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यस अवसरमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका अध्यक्ष रेनुका चौलागाईँ र तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापामगरलाई पनि गाडीको साँचो हस्तान्तरण गरिएको थियो । 

यसैबीच, कृषि उपज सङ्कलन केन्द्र सञ्चालक समितिले केन्द्रमा सङ्कलित उत्पादन उचित मूल्यमा किसानसँग खरिद गरी मेलम्चीबाट काठमाडौँसम्म पाँचपोखरीको पहिचानसहित बिक्री वितरण गर्ने वातावरण तय गरिदिन गाउँपालिका र अन्य सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलद्वारा पूरा बल लगाउँदै हिज्बुल्लाहविरुद्ध हमला जारी, युद्धविरामका प्रयास के हुँदैछन् ?

काठमाडौं । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेना सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध “पूरा बल” लगाएर लड्ने काम जारी राख्ने बताएका छन्...

बैतडीमा ८ जना सवार जिप दुर्घटना

बैतडी । बैतडीमा बिहीबार राति जिप दुर्घटना भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–३ डुवापानीमा से १ ज ३२० नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।...

पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् भुटान ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन्। आगामी हप्ता पूर्वराजा ज्ञानेन्द्र भुटान भ्रमणमा जाने लागेको पूर्वराजाका संवाद सचिव फणीराज पा...

प्रदेश योजना आयोगको सदस्यद्वयमा कोइराला र गच्छदार नियुक्त

मोरङ । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगका सदस्यमा सुनसरी, बराहक्षेत्र–७ का नारायण कोइराला र मोरङ, विराटनगर महानगरपालिका–४ की प्रमिलाकुमारी गच्छदा...

बुकीमा चरेका च्याङ्ग्राको माग उच्च

म्याग्दी । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एकसय ५०  च्याङ्ग्रा छन् । घुम्ती गोठमा पालेको च्याङ्ग्रा बेचेर उनले...

किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’

काठमाडौं । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छ...

हिमाली क्षेत्रमा उपचारका लागि अझै आम्चीकै भर

म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो। यहाँ करिब १५० परिवारको बस...

कांग्रेस-एमाले मिलाउने सूत्रधार थापा सहकारी प्रकरणमा तानिए, छोराको पनि दोहोरो पासपोर्ट

काठमाडौँ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन् । संसदीय विशेष स...

पुटिनको ‘लापरवाहीपूर्ण’ आणविक हतियारको धम्की इयुद्वारा अस्वीकार

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) ले बिहीबार रुसमाथि ठूलो हवाई आक्रमणको जवाफमा आणविक प्रतिक्रिया दिने अधिकार दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजना...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहनका   साथै  भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy