ब्रसेल्स । युरोपेली सङ्घ (इयु) ले बिहीबार रुसमाथि ठूलो हवाई आक्रमणको जवाफमा आणविक प्रतिक्रिया दिने अधिकार दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई ‘लापरवाहीपूर्ण र गैरजिम्मेबार’ भन्दै अस्वीकार गरेको छ ।
पुटिनले बुधबार अद्यावधिक आणविक सिद्धान्तको घोषणा गरे । युक्रेन र उसका पश्चिमी समर्थकहरूका सन्दर्भमा आणविक शक्तिहरूद्वारा समर्थन गरिँदा यसले रुसलाई गैर–आणविक राज्यहरूविरुद्ध आणविक हतियारको प्रयोगलाई अनुमति दिनेछ ।
इयुका विदेश नीति प्रवक्ता पिटर स्टानोले पत्रकारहरूसँग भने, “पुटिनले आफ्नो आणविक शस्त्र भण्डारसँग जुवा खेलिरहेको यो पहिलो पटक होइन, हामी अवश्य यी धम्कीहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछौँ ।”
पुटिन स्वयंले स्वीकृत गर्नसक्ने रुसको आणविक नियमहरूको प्रस्तावित विस्तार युक्रेनले पश्चिमी सहयोगीहरूबाट रुसभित्र गहिरो लक्ष्यहरूमा आक्रमण गर्न लामो दूरीका हतियारहरू प्रयोग गर्न अनुमति मागिरहेको बेला आएको हो ।
रुसका हवाई अड्डा र सैन्य पूर्वाधारहरूलाई निशाना बनाउन आवश्यक रहेको किएभले बताउँदै आएको छ । किएभका अनुसार ती हवाई अड्डा र सैन्य पूर्वाधारलाई रुसले युक्रेनमाथि आक्रमण गर्न प्रयोग गर्छ । अमेरिका र अन्य पश्चिमी मुलुकहरू भने थप तनाव बढाउनबाट सावधान रहेका छन् ।
यसअघि बिहीबार क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले योजनाबद्ध परिवर्तनहरूलाई पश्चिमका लागि ‘विशिष्ट सङ्केत’ का रूपमा हेर्नुपर्ने बताएका थिए । पश्चिमी शक्तिहरूले पुटिनमाथि युक्रेन द्वन्द्वका क्रममा खतरनाक आणविक आक्रमण गर्ने आरोप लगाएका छन् । पुटिनले मस्कोको आणविक हतियार तैनाथ गर्ने इच्छाबारे धेरै पटक स्पष्ट धम्की दिएका छन् ।
“यो पुटिनका तर्फबाट अत्यन्त गैरजिम्मेबार र अस्वीकार्य व्यवहारको निरन्तरता मात्र हो”, पछिल्लो धम्कीबारे स्टानोले भने । उक्त धम्की विश्वका धेरै नेताहरू न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएको बेला आएको थियो ।
“पुटिनको अडान अझ बढी ‘लापरवाहीपूर्ण’ थियो किनभने यो संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यको नेताबाट आएको थियो”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०९:३२
काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...
पौष १८ गते, २०८२ - ०९:२६
काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...
पौष १८ गते, २०८२ - ०९:२२
झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...
पौष १८ गते, २०८२ - ०८:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - ०८:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...
पौष १८ गते, २०८२ - ०८:०४
म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्
पौष १८ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...
पौष १८ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...
पौष १८ गते, २०८२ - ०७:२२
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १८ गते, २०८२ - ०७:१९
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...




प्रतिकृया लेख्नुहोस्: