Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

कांग्रेस-एमाले मिलाउने सूत्रधार थापा सहकारी प्रकरणमा तानिए, छोराको पनि दोहोरो पासपोर्ट

खबरडबली संवाददाता

काठमाडौँ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन् । संसदीय विशेष समितिले क्याप्टेन थापा संस्थापक अध्यक्ष रहेको एपीवान टेलिभिजनमा पनि सहकारीको बचत लगानी भएको उल्लेख छ ।

त्यस्तै, छोरा सचन थापा अमेरिकी पासपोर्टमा नेपाल बसेर उद्यम व्यवसायमा संलग्न भएको आरोप लागेको छ ।

सामाजिक सञ्जालबाट सार्वजनिक भएको अध्यागमनको अभिलेखअनुसार सचन अमेरिकी नागरिक हुन् र उनले पछिल्लो पासपोर्ट २०२२ मा लिएको देखिन्छ । नेपाल आउँदा उनी ‘नन टुरिस्ट’ भिसामा आएका छन् । विदेशी नागरिकले नेपाल आएर उद्यम व्यवसाय मात्र होइन, रोजगारी गर्न पनि कानुनअनुसार अनुमति लिनुपर्छ । उनले त्यस्तो अनुमति लिएका छन् कि छैनन् भन्ने अनुसन्धानको विषय भएको छ ।

‘हो, म अमेरिकी नागरिक हुँ, मसँग अमेरिकी पासपोर्ट र गैरआवासीय नेपालीले पाउने नागरिकता दुवै छन्,’ उनले भने, ‘नेपालमा बस्दा गैरआवासीय नेपालीका रूपमा गर्नुपर्ने काम मात्र मैले गरेको छु ।’

छोराको नागरिकता विवादमा अन्नपूर्णका अध्यक्ष क्याप्टेन थापामाथि सामाजिक सञ्जालमा प्रश्न उठेको छ । पहुँचको दुरुपयोग गरेको आरोपमा थापाले भने, ‘अन्नपूर्ण र मेरो परिवार पनि कानुनभन्दा माथि छैन, राज्यले अनुसन्धान गरोस्, हामी सहयोग गर्छौं । गलत गरेको भए कानुनी कारबाही भोग्न हामी तयार छौं।’

त्यस्तै सहकारी बचत अपचलन छानबिन विशेष समितिको प्रतिवेदनले एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी भएको खुलाएको छ । गोर्खा मिडिया खोल्नुअघि गितेन्द्रबाबु (जीबी) राईले एपीवानमा लगानी गरेको र उक्त रकम सहकारीको भएको प्रतिवेदनमा उल्लेख छ । राई सञ्चालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘२०७३ चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यावसायिक साझेदारीमा जीबी राई देखिएका थिए । राईले एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडियो अहिले पनि सार्वजनिक रूपमा उपलब्ध छ । त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ ।’ यद्यपि लगानी भएको रकम भने प्रतिवेदनमा खुलेको छैन ।

एपीवानमा कुरा नमिलेपछि जीबी राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिएको प्रतिवेदनमा उल्लेख छ । ‘एपीवानमा कुरा नमिली सम्बन्धमा दरार आएपछि राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित न्युज २४ मा सिधा कुरा जनतासँग कार्यक्रममार्फत अलग छवि बनाइसकेका रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

संस्थापक अध्यक्ष क्याप्टेन थापा भने एपीवान टेलिभिजनमा जीबी राई कहिल्यै पनि साझेदार नरहेको र सहकारीको रकम नआएको दाबी गर्छन् । तर, संसदीय समितिले एपीवान टेलिभिजन भनेर स्पष्ट किटान गरेको विषयमा उनी भन्छन्, ‘एपीवान टेलिभिजन होइन, एपीवान मिडियामा जीबी राई साझेदार थिए । एपीवान टेलिभिजन २०७० मा नै स्थापना भएको हो । दुई वर्षपछि एपीवान मिडियाका नाममा विज्ञापन एजेन्सी सञ्चालन भएको थियो जसमा जीबी राई पनि साझेदार थिए । तर, २०७५ मा सेयर ट्रान्सफर गरेर म कम्पनीबाट अलग भएँ ।’

नेचर हर्ब्सलगायतको विज्ञापन गरेबापत करिब दुई करोड रुपैयाँ राईबाट लिन अझै बाँकी रहेको दाबी थापाको छ ।यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending