मोरङ । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगका सदस्यमा सुनसरी, बराहक्षेत्र–७ का नारायण कोइराला र मोरङ, विराटनगर महानगरपालिका–४ की प्रमिलाकुमारी गच्छदारलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका सदस्यद्वय भवानीप्रसाद बराल र नमिता न्यौपानेले दिएको राजीनामा स्वीकृत गरेको र उनीहरूको स्थानमा कोइराला र गच्छदारलाई नियुक्ति गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले जानकारी दिए ।
बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन प्रदेशसभासमक्ष पेस गर्ने निर्णय गरेको छ भने प्रदेश सचिव हेमराज तामाङलाई सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको रिक्त प्रदेश सचिव पदमा कामकाजमा खटाउने निर्णयसमेत गरेको छ ।
विदेशी पर्यटक सवारीसाधनको अस्थायी रुट परिमिटसम्बन्धी नियमावली, २०८१ स्वीकृत गरिएको छ र भोलि (असोज ११) गते ११ बजे विदेशी पर्यटक सवारीसाधनको अस्थायी रुट इजाजत परिमिटको स्टिकर सार्वजनिक गर्ने कार्यक्रम रहेकोसमेत प्रवक्ता मन्त्री अधिकारीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - ०९:३७
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन्। बुधबार सिसीटिभीबाट खिचिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि लामिछा...
पौष ४ गते, २०८१ - ०८:३५
नवलपरासी । सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ। यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाक...
पौष ४ गते, २०८१ - ०८:३१
गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ। हाल कालोपत्रका ला...
पौष ४ गते, २०८१ - ०८:२६
वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गरे । आफ्नो फार्ममा उत्पादित सुन्तला काठम...
पौष ४ गते, २०८१ - ०८:२३
बनियानी । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्...
पौष ४ गते, २०८१ - ०८:१९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो क्वालिफायरको एक खेल हुँदैछ। टियू मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे सुरु हुने खेलमा जनकपुर र कर्णाली...
पौष ४ गते, २०८१ - ०७:३७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तय...
पौष ४ गते, २०८१ - ०७:२९
काठमाडौं । सार्वभौम संसद्को अधिकारप्राप्त समितिले पर्याप्त छलफलबाट गरेका निर्णयमा प्रधानमन्त्री केपी ओलीले अस्वाभाविक चासो देखाएका छन् । मन्त्रिपरि...
पौष ४ गते, २०८१ - ०७:२४
काठमाडौँ । नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिएका प्र...
पौष ४ गते, २०८१ - ०७:१५
नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ ...
प्रतिकृया लेख्नुहोस्: