Ntc summer Offer
Khabar Dabali १२ आश्विन २०८१ शनिबार | 28th September, 2024 Sat
NIMB

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न ९ बुँदे निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन दिएका छन् । 

शनिवार   मन्त्री  पाण्डेको संयोजकत्वमा मन्त्रालय सम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग आकस्मिक बैठकमार्फत उक्त निर्देशन दिएका हुन् ।  मन्त्री पाण्डेको संयोजकत्वमा बसेको बैठकले विभिन्न ९ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो । 

अलपत्र पर्यटकहरूलाई तत्काल उद्धार गर्नका लागि उद्धार कार्यमा पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्ने,आन्तरिक उडान अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुहरूको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण  र सम्बन्धित वायुसेवा कम्पनीहरूले आवश्यक समन्वय गर्ने,हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित एवं सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने, वायुसेवा कम्पनीका हेलिकोप्टरहरू र र्याफ्टिङ एसोसिएसनका जनशक्ति तथा उपकरणहरूलाई अधिकतम परिचालन गर्ने गरी तयारी अवस्थामा राखे । साथै र्याफ्टिङ सम्बन्धी संस्थाहरूले उद्धारमा गरेको प्रशंसनीय कार्यलाई निरन्तरता दिने लगायतका निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिए । 

यसका साथै  सबै विमानस्थलहरू सञ्चालनयोग्य अवस्थामा नै रहेको हुँदा मौसमको अनुकूलता हुने बित्तिकै अन्तर्राष्ट्रिय र आन्तरिक उडानलाई अधिकतम क्षमतामा सुचारु गर्ने, मौसम तथा उडान सम्बन्धी पूर्व सूचनालाई सर्वसाधारणको जानकारीको लागि निरन्तर प्रवाह गरी राखे, होटेल एसोसिएसन अफ नेपालले अतिरिक्त समय बस्नुपर्ने बाध्यताका पर्यटकलाई होटेल एवं डाइनिङ सेवा सहुलियत एवं नियमित शुल्कमा नै सहज ढङ्गबाट प्रदान गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न ९ बुँदे निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको...

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह

काठमाडौं । सरकारले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार...

झ्याप्ले खोला अपडेट: मृतकको संख्या १४ पुग्यो

काठमाडाैं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा आज बिहान गएको पहिरोमा पुरिएका १४ यात्रुको शव फेला परेको छ ।  शनिबार बिहान आएको पहिरोले...

बेरुतस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

इजरायल । इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्...

न्यूक्यासलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौं । म्यानचेस्ट सिटी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी न्यूक्यासलस...

झ्याप्ले खोला अपडेट: पहिरो खोतल्दा पाँचजनाकाे शव भेटियो

काठमाडाैं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पाँचजनाको शव भेटिएको छ । सो स्थानमा शनिबार बिहान पहिराले सवारीसाधन पुरेको थियो । पहिरो...

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएक...

काभ्रेपलाञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका आठजना बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ सदस्य पुरिएका छन् । वर्षासँगै शनि...

आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन मन्त्री पौडेलकाे निर्देशन

काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथ...

सोलुखुम्बुको टाप्टिङ पहिरोमा पुरिएर दुई जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । शनिबारअपरान्ह एक घर पुरिँदा दुई जनाको मृत्यू भएको हो ।  सोलुखुम्बुको सोलुदुधकुण्ड न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy