लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो समय भएका चोरीका घटनाको अनुसन्धानका क्रममा भारत र चीनका चार जना नागरिकसहित पाँच जना नेपालीलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, अशोकपुरका २३ वर्षीय राहुल निषाद र महाराष्ट्र, सोलापुरका ४० वर्षीय हनुमन्त जाधव रहेका छन्। यस्तै, चोरी आरोपमा चीनको गोन्जाउका ३० वर्षीय वेन ली र सानदोङका ३७ वर्षीय वाङ लियादिङ पनि पक्राउ परेका छन्।
त्यसैगरी पक्राउ पर्ने नेपालीमा स्याङ्जाको चापाकोट–३ का ४२ वर्षीय राजकुमार विक, कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का ५० वर्षीय खिमबहादुर केसी, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का २९ वर्षीय अशोक पोखरेल, पोखरा–१६ दीपका ५१ वर्षीय केशवबहादुर पाइजा र बागलुङ नगरपालिका–१२ का २७ वर्षीय अनिल विक रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २७ तोला सुनका गरगहना, नौ थान मोबाइल, एउटा स्मार्टवाच, एउटा ल्यापटप र दुई लाख एक हजार २२ रुपैयाँ नगद बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पछिल्लो दुई सातामा भएका शृङ्खलाबद्ध चोरीका घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
'जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो,' उनले भने, 'कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।'
प्रहरीले पक्राउ परेकाहरूको संलग्नता, चोरी भएका अन्य सामग्री तथा घटनाको थप विवरणबारे अनुसन्धान जारी रहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...



प्रतिकृया लेख्नुहोस्: