Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा

खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । 

प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान भएको उनले बताए । जिल्लाको गैँडाकोट नगरपालिका–२ बोटे टोलमा ८० घर डुबानमा परेका छन् । बस्ती डुबानमा परेपछि यहाँका बासिन्दालाई उद्धार गरी  महेन्द्र स्मारक आधारभूत विद्यालय र श्रीराम पार्टी प्यालेसमा राखिएको छ । 

गैँडाकोट–७ सिकारी टोलका १५ घर, वडा नं ९ को थुम्सीका १८ घर र वडा नं १० थापा गाउँका १५ घर डुबानमा परेका छन् । डुबानमा परेका घरका बासिन्दा आफन्तकहाँ आश्रय लिएर बसेका प्रजीअ पोख्रेलले बताए । नवलपुरको कावासोती नगरपालिका–१५ बाघखोरका ६० घर र कावासोती–१७ गोछडाटारका दुई सय १५ घर समेत डुबानमा परेका छन् । 

यसैगरी मध्यविन्दु नगरपालिका–२ सीतापुर र सेरीका दुई सय घर डुबानमा परेका छन् । मध्यविन्दु–६ भडराका दुई सय घर र वडा नं १५ का १८ घर डुबानमा परेका छन् । डुबानबाट एक हजार नौ सय ३७ जना प्रभावित भएको प्रजीअ पोख्रेलले बताए । 

नारायणी नदीको बाढीका कारण यी क्षेत्र डुबानमा परेका हुन् । डुबानमा परेका क्षेत्रमा उद्धारका लागि तीन सय दुई नेपाल प्रहरी, एक सय ४५ सशस्त्र प्रहरी र ८२ नेपाली सेना खटिएका थिए । 

बाढीका कारण कृषि बालीमा समेत ठूलो क्षति पुगेको छ । बाढीले नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सात सय हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुर्याएको छ । जिल्लाका विभिन्न स्थानमा गरेर करिब सात सय हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । 

बाढीबाट गैँडाकोट,  कावासोती, मध्यविन्दु, विनयी त्रिवेणीका विभिन्न क्षेत्रमा धानबालीमा क्षति पुर्याएको छ । नारायणी नदी तटीय क्षेत्रका बस्ती सेहरी, नन्दपुर, सीतापुर, भुताह, बगुवन, प्रसौनीलगायत क्षेत्रमा बाढीबाट बढी क्षति पुगेको छ । 

वर्षासँगै आएको बाढीले खेत पूरै डुबान भएकाले यी क्षेत्रमा धानबाली पूर्ण रूपमा नोक्सान हुने अवस्था रहेको प्रमुख तिवारीले बताए। बाढीले जिल्लाका माछापोखरीमा समेत ठूलो क्षति पुगेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending