Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८१ सोमबार | 30th September, 2024 Mon

बेरुतमा फैलिएको त्रासदीबाट गम्भीर चिन्तित छु: राष्ट्रसङ्घ प्रमुख गुटेरेस

खबरडबली संवाददाता

अमेरिका । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई तुरुन्तै हिंसा रोक्न आग्रह गरेका छन् । बेरुतमा इजरायली हवाई आक्रमणमा परी हेजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युपछि गुटेरेसले यो टिप्पणी व्यक्त गरेका हुन् । 

सामाजिक सञ्जाल एक्समार्फत गुटेरेसले भने “विगत २४ घण्टामा बेरुतमा भएका घटनाहरुमा म गम्भीर चिन्तित छु । हिंसाको यो चक्र तत्काल बन्द हुनुपर्छ ।” “लेबनानी जनता, इजरायली जनता साथै सम्पूर्ण क्षेत्र युद्धको खर्च वहन गर्न सक्दैनन्”, उनले बताए । 

यसैबीच,संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले एक्समा एउटा पोस्ट साझा गर्दै भन्यो, “लेबनानको त्रासदी माथि त्रासदी थपिँदै छ । हाल हिंसाको वृद्धिले हजारौँको ज्यान लिएको छ र मानिसमा अकल्पनीय डर पैदा गरेको छ । लेबनानका बालबालिकाका लागि विशेष व्यवस्था गर्न आवश्यक छ ।” इजरायली रक्षा बल (आईडीएफ) ले पनि शनिबार बेरुतको दहिह जिल्लामा गरेको आक्रमणमा वरिष्ठ हिजबुल्लाह गुप्तचर हसन खलील यासिनको मृत्यु भएको सेनाले जनाएको छ । 

यसैबीच, हिजबुल्लाहले बेरुतमा भएको इजरायली हवाई आक्रमणमा आफ्ना नेता हसन नसरल्लाहको मृत्युलाई आधिकारिक रूपमा स्वीकार गरेको सिएनएनले जनाएको छ । लेबनानको स्वास्य्म मन्त्रालयले हसन नसरल्लाहलाई लक्षित गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु र दर्जनौँ घाइते भएको जनाएको छ । 

साथै, नसरल्लाहको मृत्युपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आयातोल्लाह शासनलाई चेतावनी दिँदै इजरायललाई लक्षित आक्रमण गर्नेले भयानक परिणाम भोग्नुपर्ने र इरान वा मध्यपूर्वको कुनै पनि स्थान इजरायलको पहुँचभन्दा बाहिर नभएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।  आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको ...

निःशुल्क मुटु उपचार कार्यक्रम प्रदान गर्न सीएमसीको माग

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा विगत १२ वर्षको अवधिमा १० हजार बढी मुटुका शल्यक्रिया भएका छन् । विसं २०६९ भदौ १ गतेबाट सुरु भएको मु...

'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बाट बिकले डेब्यु गर्दै

काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' शीर्षकमा फिल्म बनाउने भएका छन् । बुढाथोकीले आइतब...

‘एक्याप’को प्रवेश शुल्क अब अनलाइनबाट तिर्न सकिने

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन...

रुख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

सिरहा । लहान नगरपालिका–२ मिलनचोका तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रुख ढल्दा विद्युत्को तारमा...

मधेश प्रदेशमा बाढीबाट तीनजनाको मृत्यु

धनुषा । हालैको अविरल वर्षासँगै आएको बाढीले मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मधेसमा हालसम्म तीन ज...

धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई हटाएको छ ।  धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमु...

बाँकेमा रगत अभाव भएपछि रक्तदान गरिंदै

बाँके । बाँकेमा बिरामीका लागि माग अनुसारको रगत अभाव भइरहँदा विभिन्न सङ्घ संस्थाले रक्तदान कार्यक्रमलाई अघि बढाएका छन् । नेकपा एमाले बाँकेको आयोजनामा भ...

इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी

काठमाडौं । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई डिएल मेथड अनुस...

अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लागु गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वका विषयमा उमेर हद बारे मतदान हुने भएको छ ।  बिहीबार देखि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy