Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

निःशुल्क मुटु उपचार कार्यक्रम प्रदान गर्न सीएमसीको माग

खबरडबली संवाददाता

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा विगत १२ वर्षको अवधिमा १० हजार बढी मुटुका शल्यक्रिया भएका छन् । विसं २०६९ भदौ १ गतेबाट सुरु भएको मुटु उपचारमा हालसम्म आइपुग्दा १० हजार दुई सय ५० शल्यक्रिया भएका हुन् । 

विश्व मुटु दिवसका अवसरमा अस्पतालद्वारा आइतबार आयोजित  पत्रकार सम्मेलनमा मुटु उपचारमा अस्पताल अग्रणी बनेको जानकारी दिइयो । अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीका अनुसार तीमध्ये पाँच हजार एक सय ७३ जनाको मुटुमा जाली हाल्ने, सात सय १८ जनामा मुटुमा ‘ब्याट्री’ राख्ने, तीन सय सात जनामा मुटुको भल्व खोल्ने, दुई हजार एक सय ९२ जनामा मुटुमा आउने नशाको र एक हजार आठ सय ६० जनाको ‘क्याथल्याब’मा जाँच गरिएको छ ।

यस अस्पतालमा विसं २०७८ वैशाखबाट ‘सिटिभिएस’ सेवा सुरु गरेको थियो । मुटु, छाती र रक्तनलीको शल्यक्रियालाई छोटकरीमा सिटिभिएस भनिन्छ । सिटीभिएसमार्फत हालसम्म एक हजार तीन सय शल्यक्रिया भएका छन् । सात दिनको बच्चादेखि ७८ वर्षका वृद्धसम्म र नौ सय ग्रामदेखि ९० केजी तौलसम्मका व्यक्तिको सिटिभिएसमार्फत शल्यक्रिया गरिएको सिटिभिएस सर्जन प्रा डा अनिल आचार्यले जानकारी दिए । उनका अनुसार यी शल्यक्रियामध्ये मुटुको ‘ओपनहर्ट सर्जरी’ १० प्रतिशत, रक्तनलीका ७० प्रतिशत र फोक्सोका २० प्रतिशत छन् । 

अस्पतालमा न्यूक्लियर कार्डियोलोजी सेवा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस विभागमा मुगा स्क्यानमार्फत मुटुको काम गर्ने क्षमता नाप्ने गरिन्छ । यसरी स्क्यान गर्दा इकोले भन्दा वास्तविक देखाउँछ । यसैगरी मुटुको नशा साँघुरो भएको अवस्थामा साँघुरो भएको भाग र त्यसपछिको नशाको भाग मृत छ कि छैन भन्ने पत्ता लगाउन ‘स्ट्रेस मेयोकार्डियल पफ्र्युजन स्क्यान’ गरिन्छ । नशाको रोग के छ ? भविष्यमा जोखिम छ कि छैन भन्ने पत्ता लगाउन ‘मेयो कार्डियल भायविलिटी स्क्यान’ गरिन्छ । 

पत्रकार सम्मेलनमा बाल मुटुरोग विशेषज्ञ डा अतिजकुमार मिश्रले नेपालमा हरेक वर्ष करिब छ हजार बालबालिका जन्मजात मुटुरोगका साथ जन्मने बताए । तीमध्ये एक हजार हाराहारीमात्र उपचारमा आउने गरेको जनाउँदै उनले बाँकी उपचारको पहुँच बाहिर रहेको बताए । सरकारले ७० वर्षमाथि र १५ वर्षमुनिकालाई मुटुरोग निःशुल्क सेवा प्रदान गर्ने भए पनि राजधानी बाहिर कुनै पनि अस्पताललाई यो सेवा नदिँदा आर्थिक अभावमा धेरै उपचारबाट वञ्चित भएको उनको भनाइ छ । यस अस्पतालमा दैनिक सरदर दुई सय जना मुटुरोगसम्बन्धी समस्या लिएर बिरामी आउने गर्छन् । तीमध्ये २० जना बालबालिका हुने गरेका डा मिश्रले बताए । 

अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा रेग्मी सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निष्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायु प्रदूषण, मानसिक तनावका कारण मुटुरोगका बिरामी बृद्धि भइरहेको बताउँछन् । यस्ता विषयमा ध्यान दिन सक्ने हो भने ८० प्रतिशत मुटुरोगीले अकालमा मृत्युवरण गर्नु नपर्ने उनको भनाइ छ । 

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले बालबालिकादेखि वृद्धवृद्धासम्मको मुटुको सबै खालको उपचार हुने गरेको जानकारी दिए । विगतमा यहाँबाट मुटुको उपचार गर्न राजधानी काठमाडौं जाने गरेकामा अहिले काठमाडौँसहित देशका विभिन्न जिल्लाबाट मुटु उपचारका लागि यहाँ आउने गरेको उनले बताए ।

सरकारले बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क मुटु उपचार कार्यक्रम आफूहरूले पाएमा धेरै बिरामी आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपर्ने प्रा डा न्यौपानेको भनाइ छ । राजधानी काठमाडौँभन्दा सस्तो र उच्चस्तरको मुटु उपचार हुने भएकाले देशकै मुटु उपचारको केन्द्र बन्न सफल भएको उनको दाबी रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending