काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्टि बढेको छ। उपचारको लागि भारत गएको बेलामा महामन्त्री धवलशमशेर राणालाई संगठन विभागको जिम्मेवारीबाट हटाएपछि पार्टीभित्र विवाद बढेको हो।
लिङ्देनले राणालाई संगठन विभागबाट हटाएर वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका छन् । यो निर्णयप्रति पार्टीको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले असहमति जनाएका छन् ।
पछिल्लो समय अध्यक्ष लिङ्देन र महामन्त्री राणाको सम्बन्ध रामो छैन । राणाले आफूविरुद्ध पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको संस्थापन पक्षको बुझाइ छ । राणाले आगामी महाधिवेशनका लागि लिङ्देनलाई चुनौती दिनेगरी गृहकार्य गरिरहेका छन्।
राणा पक्षले भने अध्यक्ष लिङ्देन पार्टीमा निरंकुश हुँदै गएको आरोप लगाएको छ। संगठन विभाग प्रमुख बनाइएका तामाङ यसअघि राजनीतिक विभाग प्रमुख थिए । लिङ्देनले आफू विदेश भ्रमणमा जाँदा तामाङलाई कार्यवाहक दिँदै आएका थिए।
राणाको नेतृत्वमा राजसंस्था र हिन्दु राष्ट्रका लागि आन्दोलन समिति गठन गरेका लिङ्देनले सम्बन्ध चिसिएपछि आफ्नो संयोजकत्वमा जनआन्दोलन समिति गठन गरेका छन् ।
राप्रपाका पूर्वअध्यक्ष लोहनीले अध्यक्ष लिङ्देनको निर्णयलाई अविवेकी भन्दै असहमति जनाएका छन् । राणा बिरामी भएर उपचारका लागि विदेश भएका वेला जिम्मेवारीबाट हटाइएको लोहनीको जिकिर छ ।
उनले भनेका छन्, ‘बिरामी भएर विदेशमा उपचार गराउँदै गरेका बेलामा महामन्त्री राणालाई संगठन विभाग प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो । बिरामी साथीलाई तनाव दिने काम मात्र हो, यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु।’
अध्यक्ष लिङ्देनले पार्टीको राजनीतिक विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई दिएका छन् । वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाइएको छ । प्रधान यसअघि प्रशिक्षण विभाग प्रमुख थिए ।
स्थानीय तह परिचालन विभाग प्रमुखको जिम्मेवारीबाट पार्टी नेतृ रोशन कार्की हटाइएकी छिन् । अध्यक्ष लिङ्देनले पार्टीको पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई जिम्मेवारी दिएका छन् ।
पार्टीको विपत् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेले जिम्मेवारी प्राप्त गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...
पौष ३ गते, २०८२ - ०७:००
बाँके । धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम ...




प्रतिकृया लेख्नुहोस्: