Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

एसिया रग्बी : नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग पराजित

खबरडबली संवाददाता

काठमाडौँ। एसिया रग्बी र नेपाल रग्बी सङ्घको आयोजनामा शुक्रबारबाट सुरु भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको पहिलो खेलमा आयोजक नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो । 

यस्तै पुरुषको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबियालाई ३९–७, श्रीलङ्काले काजकिस्तानलाई ४३–०, भारतले बङ्गलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको छ ।

यसैगरी मिहलातर्फ पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको छ । महिलातर्फको अर्को खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरमा पराजित गरेको छ ।

दुई दिने प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजाकिस्तान, अफगानिस्तान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाइनिज ताइपेइ र श्रीलङ्का छ । महिलातर्फ आयोजक नेपालसहित फिलिपिन्स, भारत, ग्वाम, श्रीलङ्का, इरान, उज्वेकिस्तान र इन्डोनेसिया छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्पका विशेष दूत गोर र सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर ले रवि लामिछाने सँग भेटवार्ता गरेका छन्। शनिबार भएको भ...

नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक, महाधिवेशनको मिति तय

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ। संयोजक पुष्पकमल दाह...

विष्णुमती किनारका घर भत्काउन पुगेको डोजर लालपुर्जा देखाएपछि रोकियो

काठमाडौँ । काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि रोकिएको छ। शनिबार नदी ...

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारका लागि सचिवालय बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार बैठक मध्यान्ह...

व्यास नगरपालिकामा हप्ताको छ दिन नै विद्यालय सञ्चालन हुने

तनहुँ। तनहुँको व्यास नगरपालिकाले सङ्घीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि आफ्नो क्षेत्रभित्रका विद्यालय आइतबार पनि सञ्चालन गर्न आग्रह ग...

रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका-जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा ...

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्या...

विद्यार्थी अभावले कानेपोखरीका दुई सामुदायिक विद्यालय बन्द

उर्लाबारी। विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ भने तीनवटा विद्यालयमा कक्षा घटुवा गरेको...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्तीमा पनि डोजर

काठमाडौँ। काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका...

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending