तनहुँ। तनहुँको व्यास नगरपालिकाले सङ्घीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि आफ्नो क्षेत्रभित्रका विद्यालय आइतबार पनि सञ्चालन गर्न आग्रह गरेको छ ।
नगरपालिकाले विद्यार्थीको भविष्य र पठनपाठनको समय घट्ने भन्दै सङ्घीय सरकारको हिउँदे र बर्खे बिदाबारे नयाँ निर्णय नआएसम्म हप्ताको छ दिन नै कक्षा सञ्चालन गर्न अनुरोध गरेको हो ।
नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा विद्यार्थीको पठनपाठनलाई प्रभावकारी बनाउन ६ दिन नै विद्यालय चलाउनुपर्ने उल्लेख छ ।
नगरपालिकाको शिक्षा समिति र कार्यपालिकाको बैठकले यसअघि नै वैशाख ७ गतेदेखि विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
सरकारले वैशाख २१ गतेदेखि मात्र पढाइ सुरु गर्ने र १५ गतेदेखि भर्ना अभियान चलाउने निर्देशन दिएको भए पनि नेपाल नगरपालिका सङ्घ र गाउँपालिका महाङ्घले उक्त निर्णयमा पुनर्विचार गर्न शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
यसै सन्र्दभमा वैशाख १६ गते व्यास नगरपालिकामा शिक्षा समिति, प्रधानाध्यापक, शिक्षक महासंघ, प्याब्सन र एन–प्याब्सनका प्रतिनिधिबीच बृहत् छलफल भएको थियो ।
५० दिने हिउँदे र बर्खे बिदा, आइतबारे बिदा तथा अन्य सार्वजनिक बिदाहरू कायम रहँदा विद्यालयको अध्यापन कार्यमा असर पर्ने देखिएको नगर प्रमुख न्यौपानेले बताएको छन् ।
हप्तामा छ दिन पढाउँदा ३३ घण्टा पढाइ हुने गरेकोमा पाँच दिन मात्र पढाउँदा घटेर २७ घण्टा मात्र पढाइ हुने अवस्थालाई दृष्टिगत गर्दै यस्तो निर्णय लिइएको उनको भनाइ छ ।
नगर प्रमुख न्यौपानेले विद्यार्थीको भविष्यलाई ध्यानमा राखी सङ्घीय सरकारको हिउँदे र बर्खे बिदाको विषयमा थप निर्णय नआउँदासम्म हप्तामा छ दिन नै कक्षा सञ्चालन गर्न अपिल गरेको छन्।
यस विषयमा थप निर्णय भने आगामी वैशाख २२ गते बस्ने नगरपालिकाको कार्यपालिका बैठकबाट गरिने विज्ञप्तिमा जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...
आषाढ़ १५ गते, २०८३ - १५:३१
काठमाडौँ। राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२)बमोजिम अर्थमन्त्री डा...
आषाढ़ १५ गते, २०८३ - १५:०१
ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्न स...



प्रतिकृया लेख्नुहोस्: